मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

हुरीपपद्वारा बाँकेका सिडियो धर्मराज जोशीको बिदाइ

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरिपप) बाँकेले उदयपुर सरुवा भई जान लाग्नुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई भव्य सम्मानसहित बिदाइ गरेको छ ।

जोशीले बाँकेमा बिताएको ७ महिना १७ दिनको छोटो तर प्रभावशाली कार्यकाललाई कदर गर्दै नेपालगन्जमा आयोजित विशेष समारोहमा बिदाइ गरिएको हो । कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका अगुवाहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले जोशीको कार्यशैली र नेतृत्व क्षमताको प्रशंसा गर्दै भन्नुभयो,“जोशीज्यूले बाँकेमा समन्वय र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले प्रशासनलाई जनमुखी र उत्तरदायी बनाउन गरेको पहल बाँकेका लागि प्रेरणादायी छ।”

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले जोशीको कार्यकालको उच्च प्रशंसा गर्दै भन्नुभयो, “छोटो अवधिमा उहाँले देखाउनुभएको नेतृत्व र निर्णय क्षमता बाँकेका लागि उदाहरणीय रह्यो ।”

त्यस्तै, मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले बाँकेको जटिल शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जोशीले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो,“सिडियो जोशीको कार्यशैली मानव अधिकारमैत्री र न्यायमुखी रह्यो । उहाँले बाँकेमा सकारात्मक प्रशासनिक संस्कार स्थापित गर्नुभयो ।”

सम्मान ग्रहण गर्दै सिडियो धर्मराज जोशीले बाँकेको बसाइलाई “अविस्मरणीय” बताउँदै भावुक मन्तव्य दिनुभयो । “मैले बाँकेमा रहँदा ‘सिर झुकाएर हिँड्नुपर्ने’ कुनै पनि काम गरेको छैन,” उहाँले भन्नुभयो, “केहीको चित्त दुखेको हुन सक्छ, तर मैले विवेकले ठानेको सही बाटोमै हिँडेँ । सयमा सय जनाको मन जित्न नसकिए पनि जनताको हितमा काम गर्ने प्रयास निरन्तर गरें ।”

जोशीले बाँकेबाट पाएको सद्भाव र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यक्षेत्र उदयपुरमा पनि त्यसकै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रले विभिन्न विधामा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ‘मानव अधिकारमैत्री जनसेवा सम्मान–२०८२’, पत्रकार आशिष मल्ल ठकुरीलाई ‘सामाजिक उत्तरदायित्व पत्रकारिता पुरस्कार’, पत्रकार ओमराज डाँगीलाई ‘सञ्चार सेवा पुरस्कार’ र दिक्षा बुढा क्षेत्रीलाई ‘लैङ्गिक समानता र न्याय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, पूर्वमन्त्री सर्वदेव ओझा, नेकपा एमालेका प्रदेश सदस्य गोपाल ओली, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्वारीका अधिकारी, प्रहरी उपरीक्षक अंगुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाली सेनाका कर्णेल रामचन्द्र श्रेष्ठ, अधिवक्ता जमालुद्दि अन्सारी, अधिवक्ता गणेश ओली, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष आलम खानले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार