मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

मधुवनमा बाल र मानव अधिकारकालागि अन्तरपुस्ता सम्वाद

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२० जेठ २०८२, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा बालबालिका तथा मानव बेचबिखन सम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरपुस्ता संवाद आयोजना गरिएको हो ।  

संवाद कार्यक्रममा प्रहरी, स्थानीय सरकारका प्रतिनिधिहरू, समुदायका अगुवा, युवाहरू तथा नागरिक समाजका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सो संवाद कार्यक्रमको सहजीकरण इन्द्र चुनाराले गर्नुभएको थियो । कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा संवेदनशील समूहहरूको सुरक्षा गर्न विभिन्न समाधानहरू खोज्न सहयोग गरेको बाँके युनेस्को क्लबले जनाएको छ । 

अन्तरपुस्ता संवादमा सहभागीहरूले आफ्ना अनुभवहरू खुलस्त रूपमा साझा गर्नुका साथै समस्याका मूल कारणहरूबारे छलफल गरेर समुदायमा आधारित रोकथाम तथा संरक्षणका रणनीतिहरूको खोजी समेत गरेको सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले बताउनुभयो । 

उहाँका अनुसार सो कार्यक्रमले विभिन्न निकायबीचको बलियो समन्वय, स्थानीय तहमा जनचेतना अभिवृद्धि, र मानव बेचबिखन विरुद्ध युवाहरूको संलग्नताको आवश्यकतामाथि बिशेष जोड दिएको थियो । 

उक्त संवाद कार्यक्रममा सहभागीहरूले बालबालिकाको सुरक्षाकालागि र मानव अधिकारको संरक्षणकालागि सक्रिय कदम चाल्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेको परियोजना संयोजक बिकले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार