मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

प्रहरी निरीक्षक खड्का : “रियाक्टिभ होइन, प्रो–एक्टिभ भएर काम गर्छु”

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्जका नयाँ इन्चार्ज प्रहरी निरीक्षक शेखर खड्काले अबको काम गर्ने शैली ‘रियाक्टिभ’ होइन, ‘प्रो–एक्टिभ’ हुने बताएका छन् ।

भर्खरै नेपालगञ्ज सरुवा भई कार्यभार सम्हालेका खड्काले मंगलबार बिहान आफ्नो कार्यालयमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरीले अब घटना घटेपछि होइन, घटना रोक्न अग्रसर हुने मनोवृत्ति अपनाउने बताए ।

उनले नेपालगञ्जको संवेदनशीलता र भौगोलिक विशेषता ध्यानमा राख्दै शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाए ।

“हामी मिडियामैत्री ढंगले काम गर्छौं,” उनले भने, “सञ्चारकर्मीहरूबाट प्राप्त सूचना र सुझावलाई अपराध नियन्त्रण र जनसेवामा उपयोग गर्नेछौं ।”

निरीक्षक खड्काले सीमा अपराध नियन्त्रण, लागूऔषध रोकथाम, ट्राफिक व्यवस्थापन र सामुदायिक सहकार्यलाई प्रमुख प्राथमिकतामा राख्ने उल्लेख गर्दै सहज सूचना प्रवाह, समन्वय र सहकार्यका माध्यमबाट प्रहरी र समुदायबीच विश्वासको सम्बन्ध बलियो बनाउने संकल्प व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार