मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

निल सागर आश्रममा पुगेर सुमितले मनाए १३ औँ जन्मोत्सव

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
२२ पौष २०८०, आइतबार

नेपालगन्ज । बाँकेको नेपालगंज १२ का १३ बर्षे बालकले आफ्नो जन्मोत्सव अनाथ आश्रममा रहेका बृद्धबृद्धा र आफ्नै उमेर समूहका बालवालिकासँग मनाएका छन् ।

नेपालगञ्ज १२ निवासी नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख एवं समाजसेवी भरत महतोका छोरा सुमित महतोले एक कार्यक्रमका बीच नेपालगंजमा रहेको निल सागर आश्रममा पुगेर बृद्धबृद्धा र आफ्नै उ्सेर समुहमा बालबालिकाहरुलाई खाना खुवाएर जन्मदिन मनाएका छन् । अमितको जन्मदिन मनाउनँका लागि नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, योगगुरु डाक्टर गिरिराज भट्टराई , झबि शर्मा, प्रचण्ड गौतम, मिन मल्ल, अरुण कुमार सिंहल, अम्बिका कोइराला लगायत नागरिक अगुवाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । आफ्ना छोराले बर्षदिन देखि नै स्कुलमा खाजा खान दिएको रकम खुत्रुकेमा बचत गर्ने गरिरहेको र आफुले छिमेकमा रहेको वाल आश्रममा सहयोग गर्ने बताएपछि छोराको समाजसेवी मन देखेर आँफूहरु पनि खुसी भएको सुमितका बुबा भरत महतोले बताएका छन् । 

कार्यक्रममा प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बच्चाको काम देखेर आफुलाई समेत केहि गर्न शिक्षा मिलेको भन्दै काम गर्न सिक्नका लागि उमेर बाधक नहुने बताए । कार्यक्रममा बोल्दै समाजसेवी मिन मल्लले बालकको जन्मोत्सवको सिको अरुले पनि गर्ने हो भने समाजमा कोहि पनि अनाथ बालबालिका भोकै नपर्ने बताए ।

निल सागर आश्रमकी संचालिका सरिता खनालले आफ्नो आश्रममा मनाइएको जन्म दिनले आश्रममा ठूलो सहयोग पुगेको भन्दै बृद्धबृद्धा र बालबालिकाका लागि मनकारीहरु संग सहयोग मागेर संचालन गरिरहेको बताउँदै जन्मदिनको अवसर आश्रममा रहेका बृद्धबृद्धा र बालबालिकालाई खाना खुवाइदिएर ठुलो राहत मिलेको बताएकी छन् । उनले चिसो बढेको आश्रममा रहेका बृद्धबृद्धा र बालबालिकालाई समस्या भइरहेकोले सहयोग गर्न आम समुदाय संग अपिल गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार