मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

बाँके । तीन अर्ब ११ करोड रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह, उहाँकी पत्नी शुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैङ्कको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहनुभएको छ। उहाँहरूलाई नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले कर्णाली विकास बैङ्कमा हिनामिना गरेको आरोपमा फरार रहनुभएका उहाँहरूलाई अदालतको पक्राउ पुर्जी अनुसार पक्राउ गरी अदालतमा पठाइएको जानकारी दिनुभयो। उक्त घोटालामा संलग्न रही फरार रहेका अन्य धेरै जनाको अझै पनि खोजी भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैङ्कमा तीन अर्ब २० करोड ११ लाख रुपियाँभन्दा बढीको घोटाला गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

सोही प्रकरणमा सुरुमै पक्राउ पर्नुभएका बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र र वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगन्जको वाणिज्य इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उहाँहरू अझै नेपालगन्ज कारागारमा हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार