मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मिडिया सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उदघाटन गर्ने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

बाँके । बाँकेको कोहलपुरमा हुने मिडिया सम्मेलनको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित फाल्गुन २४ र २५ गते मिडिया सम्मेलन गर्न लागिएको प्रेस सेन्टर नेपालले जनाएको छ । 

शुक्रबार कोहलपुरमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक वसी सम्मेलनलाई भव्यरुपमा सफल बनाउन सरोकारवाला अपिल गर्ने निर्णय गरेको छ ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागि हुने गरी यही फाल्गुन २४ र २५ गते पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिकले जानकारी दिनुभयो । “सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ”–उहांले भन्नुभयो ।

सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव २०० जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहने छ ।

मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने सेन्टरका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेशका इन्चार्ज अजय दिप शर्माले बताउनुभयो ।

सेन्टरका लुम्बिनी प्रदेश सचिव भुपेन्द्र ओलीका अनुसार सम्मेलनमा डाक्टर डक्ट प्रसाद धितालले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

कोहलपुरमा आयोजना गरिने मिडिया सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार