मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेम्वाङको पार्थिव शरीरलाई आज राति पार्टी कार्यालयमै राखिने

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
विहिबार अन्त्येष्टि गर्ने तयारी
२६ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ ।

एमाले उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको मंगलबार विहान निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उहाँको पार्थिव शरीरलाई राति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् ।

बुधबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उहाँको बालुवाटारस्थित निवासमा लगिनेछ ।

अष्ट्रेलिया भ्रमणमा रहेका उहाँका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा हुनुहुन्छ । उहाँ भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।

सरकारले बुधाबार मात्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार