मुख्य समाचार
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर | कटकुइयाँ स्वास्थ्य चौकी नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै | शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति |

प्रादेशिक महोत्सव-२०८१ को तयारी पुरा, पुर्ब प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

यूथ टुडे समाचारदाता 2659+ समाचार ( )
१० माघ २०८१, मङ्गलबार

बाँके । नेपालगन्जमा यही माघ १० गतेबाट सुरू हुन लागेको प्रादेशिक महोत्सव-२०८१ को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार,कृषि,पर्यटन, जडिबुटी,रोजगार,सुचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले प्रादेशिक महोत्सव २०८१ आयोजना गरिएको बताए । महोत्सवको पुर्बप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सलका पनि स्टल हुने उल्लेख गर्दै महासचिव भीम बहादुर रानाभाटले सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम् प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने महासचिव रानाभाटले सुनाए ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुती तथा कृषि, पर्यटन ,जडीबुटी ,हस्तकला,अटो मोबाईल्स लगायत ३५० वटा स्टलका साथै सुचना तथा बिज्ञान प्रबिधि सम्बन्धि नबिनतम् प्रदर्शनी, बिदेशी उधमशाला तथा उघोग प्रदर्शनी,थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुने बताइएको छ ।

महोत्सवमा रोजगार प्रवर्द्धन सम्बन्धी प्रदर्शनी हुने संघले जनाएको छ । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग गरिने संघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार