मुख्य समाचार
नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु | प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान |

बढुवा भएका नेपाल प्रहरीका ४ जना एआईजीको पदस्थापन

यूथ टुडे समाचारदाता 3561+ समाचार ( )
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।
१५ चैत्र २०७९, बुधवार

काठमाडौं । हालै बढुवा भएका नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गतसाता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो ।

एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा पाएका छन् । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका छन् । मन्त्रीपरिषदले बढुवा गरेसँगै कार्य, मानव स्रोत, अपराध अनुसन्धान र प्रदेश समन्वय विभागमा उनीहरुलाई पदस्थापन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार