मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

नरैनापुर गाँउपालिका अध्यक्ष शाहद्धारा संविधान दिवसको शुभ कामना व्यक्त

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
संविधान दिवसको अवसरमा नरैनापुर गाँउपालिकाले आज सरसफाई गर्नुका साथै पालिकाको भवन परिसर र वडाहरुमा बृक्षा रोपण गर्ने भएको गाँउपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
२ अशोज २०७९, आइतबार

बाँके । संविधान दिवसको अवसर नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले शुभकामना दिएका छन् । संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरेसँगै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको समेत उनले स्मरण गरेका छन् ।

‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई बलियो बनाएको– शाहद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ । संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय आकांक्षा साकार तुल्याउन र स्थानीय सरकारलाई थप बलियो र प्रभावकारी बनाउँन सबैले प्रेरणा प्राप्त गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष शाहले संविधानको मर्म अनुसार कुनैपनि नेपालीले धर्म, जात, वर्ग, भाषा वा अन्य कुनै विभेद सहनु नपरेको उल्लेख गर्दै उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा नरैनापुर स्थानीय सरकार दृृढताको साथ अघि बढीरहेको समेत जनाएका छन् । 

उनले संविधानमा उल्लेख गरिएको मौलिकहक लाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । नेपाली जनताको घरआँगनमा सिंहदरवारको अनुभुति दिलाउनका लागि संविधानले विशेष भुमिका वहन गरेको छ ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

संविधानको मर्म अनुसार नै अहिले विद्यमान कानुनी जटिलताहरुको समाधान हुने कुरामा विश्वस्त भएको कुरा समेत उल्लेख छ । ‘संविधान दिवसले सामाजिक न्याय र समतामुलक समाज निर्माणका साथै समाजवाद उन्मुख अर्थव्यवस्था कार्यान्वयनमा सबैलाई बल मिलोस् भन्ने शुभकामना दिएका छन् । 

यसै गरी संविधान दिवसको अवसरमा नरैनापुर गाँउपालिकाले आज सरसफाई गर्नुका साथै पालिकाको भवन परिसर र वडाहरुमा बृक्षा रोपण गर्ने भएको गाँउपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार