मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुर गाँउपालिका अध्यक्ष शाहद्धारा संविधान दिवसको शुभ कामना व्यक्त

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
संविधान दिवसको अवसरमा नरैनापुर गाँउपालिकाले आज सरसफाई गर्नुका साथै पालिकाको भवन परिसर र वडाहरुमा बृक्षा रोपण गर्ने भएको गाँउपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
२ अशोज २०७९, आइतबार

बाँके । संविधान दिवसको अवसर नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले शुभकामना दिएका छन् । संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरेसँगै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको समेत उनले स्मरण गरेका छन् ।

‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई बलियो बनाएको– शाहद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ । संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय आकांक्षा साकार तुल्याउन र स्थानीय सरकारलाई थप बलियो र प्रभावकारी बनाउँन सबैले प्रेरणा प्राप्त गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष शाहले संविधानको मर्म अनुसार कुनैपनि नेपालीले धर्म, जात, वर्ग, भाषा वा अन्य कुनै विभेद सहनु नपरेको उल्लेख गर्दै उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा नरैनापुर स्थानीय सरकार दृृढताको साथ अघि बढीरहेको समेत जनाएका छन् । 

उनले संविधानमा उल्लेख गरिएको मौलिकहक लाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । नेपाली जनताको घरआँगनमा सिंहदरवारको अनुभुति दिलाउनका लागि संविधानले विशेष भुमिका वहन गरेको छ ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

संविधानको मर्म अनुसार नै अहिले विद्यमान कानुनी जटिलताहरुको समाधान हुने कुरामा विश्वस्त भएको कुरा समेत उल्लेख छ । ‘संविधान दिवसले सामाजिक न्याय र समतामुलक समाज निर्माणका साथै समाजवाद उन्मुख अर्थव्यवस्था कार्यान्वयनमा सबैलाई बल मिलोस् भन्ने शुभकामना दिएका छन् । 

यसै गरी संविधान दिवसको अवसरमा नरैनापुर गाँउपालिकाले आज सरसफाई गर्नुका साथै पालिकाको भवन परिसर र वडाहरुमा बृक्षा रोपण गर्ने भएको गाँउपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार