मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सुल्तान बाबा दरगाह कुट्टीको नमूना र शाहले गरे उदघाटन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
कुट्टीलाई गरिब असहायको सहाराको केन्द्र बनाउन अध्यक्ष शाहको आग्रह
१६ पौष २०७९, शनिबार

नरैनापुर  । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ । 

कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था गरिने बताउनु भएको थियो ।

यस्तै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले प्रसस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल नरैनापुरमा रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताउनु भयो । सबै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने शाहको भनाइ थियो ।

अध्यक्ष शाहले कुट्टीलाई गरिब असहायको सहाराको केन्द्रको रुपमा स्थापीत गरी अगाडि बढ्न आग्रह गर्दै उक्त कुट्टीलाई पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिहं राठौरले कुट्टीको संरक्षण र आवश्यक सुरक्षाका लागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताउदै धार्मिक महत्व बोकेको कुट्टी समाजमा रहेको विभेदलाई अन्त्य गर्नमा भूमिका निर्वाह गर्ने जिकिर गर्नु भएको थियो । 

हाजी बरकत अलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, विशिष्ट अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, भागवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनार, गुफरान अलि शाह लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य समरिन शाहले गर्नु भएको थियो भने संचालन शिक्षक अरुण यादवले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार