मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

माओबादी नेता दामोदर रहेन्न, श्रद्धान्जली दिन मन्त्री देखि सर्बसाधारण दामोदरको निवासमा

महमूद आलम खान 1133+ समाचार ( )
आजै राति अन्त्यष्टि गरिने
५ चैत्र २०७८, शनिबार

बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज विहान निधन भएको छ । लामो समय देखि क्यान्सर संग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य राजनीतिक योद्धाको रुपमा चिनिदै आएका आचार्य संगठन निर्माणमा आगाडी भएको नेपालगन्ज उपमहानगरका अध्यक्ष रतन शाहीले बताउनु भयो । आचार्यको निधनको घोषणा भए लगत्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुर्णा कुमारी सुवेदी, केन्द्रिय सदस्य कृष्णा केसी (नमुना), लुम्बिनी प्रदेश सांसद तथा बाँके अध्यक्ष आइ पि खरेल, प्रदेश सहसचिव अकल बहादुर बम, प्रदेश सदस्य डिल्ली बराल, प्रदेश सदस्य नवीन शर्मा लगायतका नेताहरु श्रद्धान्जली दिन निवासमा पुगेका छन् ।

नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा पनि चिनिएका उहाँ नेपालगञ्जमा लोकप्रिय छवि बनाउनु भएका आचार्य २०७४ को स्थानीय निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो ।

लामो समय देखि क्यान्सर संग लड्दै आउनुभएका आचार्य लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो । नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा चुन्नालाइ जिताउन सफल स्वर्गीय आचार्यको स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गर्नुभएको थियो । उहाँको जन्म प्युठानमा भएको थियो । स्वर्गीय आचार्यको १२ बजे आफ्नै घर नेपालगन्जको न्युरोड र १ बजे नेपालगन्ज उद्योग बाणिज्य संघमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम रहेको पार्टी नगरले जनाएको छ भने २ बजे नेपालगन्ज उद्योग बाणिज्य संघबाट सिधनिया घाटमा लगेर अन्तिम संस्कार गरिने जनाएको छ ।

यसैगरी माओबादी केन्द्रका प्रभावशाली नेता एंव नेपाल सरकारका अर्थ मन्त्री जनार्धन शर्माले आचार्यको निधनको खबर पाउने वित्तिकै काठमाडौबाट नेपालगंज आएर उहाँको निवासमा पुगेर पार्थिक शरीर माथि माल्यआर्पण गरी श्रद्धान्जली व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार