मुख्य समाचार
बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै |
मुख्य समाचार
बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै |


बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन

यूथ टुडे समाचारदाता 3520+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

बाँके । स्तनपानको महत्वबारे आमाहरू तथा शिशुका हेरचाहकर्तामा व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले बाँकेका विभिन्न स्वास्थ्य संस्थामा राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

‘आमालाई सशक्त बनाउँदै, स्वस्थ भविष्यको बलियो आधार निर्माण’ भन्ने सन्देशका साथ राष्ट्रिय स्तनपान सप्ताह (१–७ अगस्ट) को अवसरमा पोषणका लागि जीवन परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले हेलेन केलर अन्तर्राष्ट्रिय नेपालको साझेदारी तथा जिल्लाका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरेको हो ।

बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा आयोजित कार्यक्रममा शिशु तथा बालबालिकाको जीवनको महत्वपूर्ण अवधि मानिने सुनौला एक हजार दिनका आमा तथा हेरचाहकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारी तथा पोषण सहजकर्ताले स्तनपानको महत्व, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास तथा जन्मेको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विषयमा परामर्श दिएका थिए ।

त्यसैगरी, शिशु छ महिना पुगेपछि थप पोषिलो खाना सुरु गर्दै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने, स्तनपान गराउँदा शिशुलाई सही आसन र सम्पर्कमा राख्ने, मायाको अंगालो तथा कङ्गारु आमाको हेरचाह, शिशुको आवश्यकता र संकेतअनुसार खाना तथा स्तनपान गराउने तरिका लगायतका विषयमा आमाहरूलाई व्यवहारिक जानकारी दिइएको थियो ।

स्तनपान गराउने क्रममा आमाले सामना गर्न सक्ने सामान्य समस्या तथा चुनौतीको पहिचान र समाधानका विषयमा समेत स्वास्थ्यकर्मीले सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमलाई केवल सूचना प्रवाहमा सीमित नगरी आमाहरूको सक्रिय सहभागिता र आत्मविश्वास अभिवृद्धिमा विशेष जोड दिइएको थियो। स्तनपानसम्बन्धी नमुना सामग्री, चित्रसहितका जानकारीमूलक सामग्री तथा अन्य दृश्य सामग्रीको प्रयोग गरी प्रदर्शनात्मक र अन्तरक्रियात्मक रूपमा सिकाइ प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी आमाहरू तथा हेरचाहकर्तालाई आफ्ना अनुभव र समस्या साझा गर्न, जिज्ञासा राख्न तथा स्वास्थ्यकर्मीसँग प्रत्यक्ष छलफल गरी व्यवहारिक समाधान खोज्न प्रोत्साहित गरिएको थियो ।

सुनौला एक हजार दिनको अवधिमा शिशुले प्राप्त गर्ने उचित पोषणले उसको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्तनपान प्रवर्द्धनलाई मातृ तथा बाल स्वास्थ्यको महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।

राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा सञ्चालन गरिएका गतिविधिले स्वास्थ्य संस्था, समुदाय, स्वास्थ्यकर्मी, स्थानीय तह तथा विकास साझेदारबीचको समन्वय र सहकार्यले मातृ तथा बाल पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने देखाएको आयोजकको भनाइ छ ।

स्वास्थ्यकर्मी र समुदायलाई एउटै सिकाइ तथा संवादको मञ्चमा जोडेर सञ्चालन गरिएका कार्यक्रमले आमाहरूको ज्ञान, आत्मविश्वास र व्यवहारिक सीप अभिवृद्धि गर्दै शिशुको उचित पोषण, वृद्धि तथा विकासका लागि सही निर्णय लिन सक्षम बनाउने अपेक्षा गरिएको छ ।

स्तनपान शिशुको पोषणको आधार मात्र नभई स्वस्थ जीवन, समुचित वृद्धि–विकास र सक्षम भविष्य निर्माणको महत्वपूर्ण लगानी भएकाले आमालाई स्तनपानका लागि आवश्यक ज्ञान, सीप, सहयोग र अनुकूल वातावरण उपलब्ध गराउनुपर्नेमा कार्यक्रमले जोड दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार