मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

कारको ठक्करबाट नेपालगञ्जमा तीन जना पैदल यात्रीको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
ट्राफिक प्रहरीको कमाउ धन्दाले नेपालगञ्जमा दुर्घटना बढ्यो
२८ चैत्र २०७८, सोमबार

बाँके । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझी तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।

आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।

कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल कलजेको नर्सिङहोम पुर्याएका थिए ।

१५ मिनेट पछि नै अस्पतालले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीले कार र चालक इन्द्र बहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ । चालक थापाले मदिरा सेवन गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका मध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन भने अलि समिमाको घरबेटी अस्लम अन्सारीको छोरा हुन् । दुबै परिवारका सदस्यहरु राती खाना खाएर डुल्न निस्केका थिए ।

सुनसान सडकमा पनि छेउमा हिडिरहेकालाई कारले ठक्कर दिएकोमा स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्ज ११ का नईम ईद्रिसीले केही दिनयता मनपरि ढंगले गाडी र मोटरसाइकल चलाउने कार्य भैरहेपनि प्रहरी मुकदर्शक बनेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार