मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालले दियो न्यानो लुगा

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
५ पौष २०८०, बिहीबार

जाजरकोट । पुस महिना लागिसकेपछि चिसो अत्यधिक बढेपनि जाजरकोटका अधिकांश भुकम्पपिडित अझैपनि त्रिपालमुनिनै बसिरहेका छन् । 

ती पिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि ज्ञान नेपाल (शुभ सन्देशसभा नेटवर्क नेपाल) बाँकेको एक टोलीले जाजरकोट पुगेर ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । 

कात्तिक १७ गते राती गएको भुकम्पबाट अधिकांश घरहरु चर्किएपछि त्रिपालमुनि बसिरहेका जाजरकोटको भेरी नगरपालिका ४ का ३३६ परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । 

चिसोले समस्यामा परेका भेरी नगरपलिका ४ बोहोरा गाउँ र मुलपानीका ३३६ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुरोधमा ३० लाख रुपियाँ भन्दा बढीको न्यानो लुगा वितरण गरिएको ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । 

उहाँले वडा नम्बर ४ मा केही घरहरु भत्किएको तथा अधिकांश कच्ची घरहरु चर्किएकोले घर भित्र बस्ने अवस्था नरहेपछि घर बाहिर त्रिपालमुनि बसिरहेका पिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको बताउनुभयो । 

पिडित परिवारलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बसन्त शर्मा, वडा सदस्य माधव चन्द, ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धिताल लगायतले न्यानो लुगा वितरण गर्नुभयो ।  

सो अवसरमा वडा अध्यक्ष शर्माले चिसो अत्यधिक बढ्न थालेपछि वडाका धेरै जना विरामी पर्न थालेकोले यो राहातबाट उनिहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो । 

उहाँले राहात दिने सबैको ध्यान घरहरु भत्किएका, मानिस मरेका ठाउँमा मात्र पर्ने गरेकोले घर चर्किएर बाहिर बस्नु परेका वडा नम्बर ४ का वासिन्दा अतिनै पिडित रहेकोमा यो राहतले धेरै सहयाग गर्ने बताउनुभयो । 

३३६ परिवारलाई वितरण गरिएको न्यानो लुगाहरुमा प्रतिपरिवार एक ठुलो कम्बल, एक ठुलो पि फोम, पुरुष र महिलाले लगाउने एक एक ज्याकेट, मोजा, बच्चाको एक सेट टाउजर र भेस्ट तथा पुरुष र महिलाको एक एक सेट टाउजर र भेस्ट रहेको ज्ञान नेपाल बाँकेका कार्यक्रम अधिकृत तिलक नेपालीले बताउनुभयो । 

न्यानो लुगा पाएपछि अधिकांश स्थानीयले पहिलो पटक राहात पाएको जनाउँदै अब चिसोबाट जोगाउन मद्दत मिल्ने प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार