मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |
मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |


पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको राजिनामा माग्दै पत्रकारहरु

महमूद आलम खान 1133+ समाचार ( )
पत्रकारका महासंघका अध्यक्ष भण्डारी दलिय संगठनको अध्यक्ष भएको पत्रकारहरुको आरोप
२९ कार्तिक २०७८, सोमबार

नेपालगन्ज । यतिबेला नेपाली काँग्रेसको वडादेखि गाउँ÷नगर तहको अधिवेशन चलिरहेको छ । जसमा काँग्रेस कार्यकर्ता नेता मात्रै नभई पत्रकार पनि सहभागि भैरहेका छन । पत्रकार मात्रै नभई नेपाल पत्रकार महासंघका अध्यक्ष तथा प्रदेश कमिटीका सचिव समेत काँग्रेसको प्रतिनिधी छनौटमा भएपछि यतिबेला पत्रकारहरू बिच एक खालको तरङ्ग नै फैलिएको छ ।

केही दिनअघि भएको वडाअधिवेशनबाट नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश कमिटी सचिव जयसिंह केसी र नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष दामोदर भण्डारी लगायत करिब एकदर्जन पत्रकार प्रतिनिधी चयन भएका छन ।

पत्रकारको भन्दा पनि पत्रकारका महासंघका अध्यक्ष र प्रदेश कमिटी सचिव नै एउटा दलको दलिय नेता बनेपछि महासंघमा वा पत्रकारितामा कसरी सुदृढिकरण खोज्ने ? यतिबेला आम पत्रकारको चासो र जिज्ञासाको बिषय बनेको देखिएको छ ।

बाँकेका सतप्रतिशत पत्रकार र जानकारले महासंघका पदाधिकारी नै दलिय झुण्डमा रहेर प्रतिनिधी हुनुलाई गलत भन्दै आएका छन । यसले सकारात्मक सन्देश नगएको आम नागरिकको बुझाई छ ।

काँग्रेसको वडा प्रतिनिधी चयन भएपछि महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी यतिबेला चौतर्फी आलोचित र विवादीत बनिरहेका छन । पत्रकार महासंघ जस्तो स्वतन्त्र संस्थाको अध्यक्ष भएर पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधी बनेको कारण उनी यतिबेला विवादीत र आलोचित भएका हुन ।

पत्रकार महासंघको पदाधिकारी कुनैपनि दलको दलिय नेता बन्न नपायने प्रावधान विपरित उनी नेपाली काँग्रेस क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधी भएको उनका सहकर्मी रवि कनोजियाले आफनो फेसबुक पेजमा सार्वजनिक गरेका छन ।

यसले अध्यक्ष भण्डारी यतिबेला विवादीत बनेका छन । फेसबुकमार्फत उनी क्षेत्रीय प्रतिनिधी भएको सार्वजनिक भएसँगै सामाजिक सन्जालमा यतिबेला उनी एकदमै आलोचित भएका छन । बाँकेका आम पत्रकारले क्षेत्रीय प्रतिनिधी बनेका भण्डारीले तत्काल पत्रकार महासंघको अध्यक्षबाट राजिनामा दिनुपर्ने माग गरेका छन ।

महासंघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारूदेखि पत्रकार भगतराम थारू, डक्टप्रसाद धिताल, रविन्द्र सिंह ठकुरी लगायतका दर्जनबढी पत्रकारले फेसबुकमा स्टाटस नै लेखेर तत्काल राजिनामा माग गरेका छन ।

पत्रकार महासंघको अध्यक्ष वा पदाधिकारी मात्रै होइन सदस्य पनि कुनै दलको यस्ता पदमा नबसेकै ठिक हुने बताइएको छ । तर, कोही यसरी दलिय नेता हुन चाहे पत्रकार वा पत्रकार महासंघको सदस्य हुन सक्दैन नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष रूद्र सुवेदीले भने ‘एउटा ठाउँबाट राजिनामा दिएकै राम्रो हो ।’

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी मात्रै होइन लुम्बिनी प्रदेश महासंघका सचिव जयसिंह केसी, पत्रकार प्रियास्मृति ढकाल, कमल खत्री, नरेन्द्र थापा लगायत दर्जनबढी व्यक्तिहरू यतिबेला काँग्रेसको प्रतिनिधी बनेको खुलेको छ ।

यो समस्या एमाले, माअ‍ोवादीका जिल्ला कमिटी तहमा उस्तै देखिएको छ । तर, एमालेको महाधिवेशन प्रतिनिधीका रूपमा भने यतिबेला पत्रकारहरूको सहभागिता देखिएको छैन ।

पत्रकार काशी शर्माले आफनो फेसबुकमा ‘तपाई पत्रकारको नेता कि दलको नेता ? अनि पत्रकार आचारसंहिता के का लागि ? राजनीतिक दलको खोल ओढेर पत्रकारको नेता कहिलेसम्म बन्ने ? नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरी ज्यू अब पत्रकारहरुले पत्रकार आचारसंहिता मान्ने कि राजनीति दलको विधान मान्ने ? दलको राजनीति गर्नेहरुलाई पत्रकारिताबाट स–सम्मान विदा किन नगर्ने ? यस विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आधिकारिक धारणा के हो ? व्यवसायीक, श्रमजीवि र क्रियाशिल पत्रकारहरु जान्न चाहन्छन् ।’ भनि प्रश्न गरेका छन ।

काँग्रेसको वडा प्रतिनिधी बनेका महासंघका अध्यक्ष भण्डारी र प्रदेश सचिव केसीसँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा उनीहरू दुबै जनासँग सम्पर्क हुन सकेन । प्रतिक्रियाकै लागि नेपाल पत्रकार महासंघका केनद्रीय अध्यक्ष पिवुल पोखरेलको मोबाईलमा फोन गर्दा पनि फोन उठेन । साभार इसेतो खरी । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार