मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

मानव बेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसस्थाविच समन्वय बैठक

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ ।
१४ मंगशिर २०७९, बुधवार

 नेपालगञ्ज । यहाँस्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ । 

प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो । 

मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । 

उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर अगाडी बढ्ने निर्णय भएको बताउनुभयो । 

मानव बेचखिनको जोखिममा परेकालाई उद्दार गर्नको लागि आवश्यक कानूनी अड्चनका कारण आफुहरुलाई कार्य क्षेत्रमा असहजता आएकोले विषय वस्तुको गम्भीरतालाई बुझेर सहकार्य र हातेमालोका साथ काम गर्ने निश्कर्ष सो बैठकमा निकालिएको आयोजक बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अली सिद्दिकीले जानकारी दिनुभयो ।

सो समन्वय बैठकमा जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा बालबालिका सेलका ईन्चार्ज प्रहरी निरिक्षक महेश्वरी विष्ट, भारतको रुपैडिहा थानाका निरीक्षक तथा बालसंरक्षण अधिकारी विजय चौधरी, देहात संस्थाका अध्यक्ष देवयानी चर्तुवेदी, नेपालगञ्ज उपमहानगरका मानव बेचबिखन विरुद्धका अधिकृत आशा शाही, वडा प्रहरी कार्यालयका वरिष्ठ सई अभय रावत, प्लान नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामी, देहात संस्थाका हसन फिरोज र नागरिक समाज संस्थाहरु साना हाथ, साथी संस्था, शान्ति पुर्नस्थापना केन्द्रका प्रतिनिधिको सहभागिता रहेको थियो । 

सोही प्रकारको बैठक यस अघि केही महिना पहिले भारतको बहराईचमा पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार