मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

करार तथा अस्थायी कर्मचारी नहटाउने जानकी गाउँपालिकाको निर्णय

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।
३ श्रावण २०७९, मङ्गलबार

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ । 

गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो । 

गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार नै पालिकामा कार्यरत सबै करार कर्मचारीहरुलाई नहटाउने निर्णय भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।

‘गाउँपालिका तथा वडा कार्यालयहरुमा साबिकको जिल्ला बिकास समिति बाँके र गाउँ बिकास समितिको कार्यालयदेखि काम गर्दै आइरहेका करार तथा अस्थायी कर्मचारी कार्यरत छन् ।,’ प्रमुख प्रशासकीय अधिकृत रानाले भन्नुभयो, ‘कार्यरत सबै कर्मचारीको यही साउन १ गतेदेखि नियमानुसार म्याद थप गरिएको छ ।’  

जानकीमा अधिकृतस्तर छैठोदेखि श्रेणी बिहिन ५८ जना करारमा कार्यरत रहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ पछि बाँके लगायत अन्य जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेका छन । 

उता स्थानीय तहले करार कर्मचारी निष्काशन (हटाउने) कार्यको भने निजामती क्षेत्रका ट्रेड युनियनहरुले बिरोध गरेका छन् ।  

दक्ष, अनुभवी र तालिम प्राप्त, योग्य कर्मचारीलाई सेवाबाट बेदखल गर्ने कार्य कुनैपनि कोणबाट उपयुक्त नभएको भन्दै अबिलम्ब निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार