मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

करार तथा अस्थायी कर्मचारी नहटाउने जानकी गाउँपालिकाको निर्णय

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।
३ श्रावण २०७९, मङ्गलबार

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ । 

गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो । 

गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार नै पालिकामा कार्यरत सबै करार कर्मचारीहरुलाई नहटाउने निर्णय भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।

‘गाउँपालिका तथा वडा कार्यालयहरुमा साबिकको जिल्ला बिकास समिति बाँके र गाउँ बिकास समितिको कार्यालयदेखि काम गर्दै आइरहेका करार तथा अस्थायी कर्मचारी कार्यरत छन् ।,’ प्रमुख प्रशासकीय अधिकृत रानाले भन्नुभयो, ‘कार्यरत सबै कर्मचारीको यही साउन १ गतेदेखि नियमानुसार म्याद थप गरिएको छ ।’  

जानकीमा अधिकृतस्तर छैठोदेखि श्रेणी बिहिन ५८ जना करारमा कार्यरत रहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ पछि बाँके लगायत अन्य जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेका छन । 

उता स्थानीय तहले करार कर्मचारी निष्काशन (हटाउने) कार्यको भने निजामती क्षेत्रका ट्रेड युनियनहरुले बिरोध गरेका छन् ।  

दक्ष, अनुभवी र तालिम प्राप्त, योग्य कर्मचारीलाई सेवाबाट बेदखल गर्ने कार्य कुनैपनि कोणबाट उपयुक्त नभएको भन्दै अबिलम्ब निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार