मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नरैनापुर गाउँपालिकाको गाउँसभाको तयारी पुरा

महमूद आलम खान 1133+ समाचार ( )
दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजना ल्याउने तयारीमा नरैनापुर
६ असार २०८०, बुधवार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । 

गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो । 

नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । 

बुधबार बसेको गाँउकार्यपालिकाको बैठकले बस्तीस्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरु व्यस्त रहेको बताउनुभयो । “हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो”, उहाँ भन्नुहुन्छ, “यसपटक फेरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।”

बुधबार बसेको बैठकले उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह र वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाँउसभबाट पारीत गरिने छ । 

यस्तै वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई सम्शोधन गर्ने र निति, कार्यक्रम र बजेट का विषयमा आजको बैठकमा छलफल भएको बताउदै असार १० गते हुने गाँउ सभा विवाद रहित तरिकोले सम्पन्न हुने बताउनु भयो । 

वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताउनुभयो । “शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन”, उहाँ भन्नुहुन्छ, “बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।” बैठकमा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोहल, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार