मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जमुनाह नाकाबाट कार्ड धारी पत्रकार अबैद्य सामान क्यारिगं गराउदैं

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
डियुटिमा रहेका पुलिसले भने पत्रकार नै यसरी अबैद्य तस्करीको संरक्षक बनेपछि पुलिसले मात्रै के गर्न सक्छ हजुर ।
१ भाद्र २०७९, बुधवार

बाँके । बाँकेको नेपालगन्ज स्थित जमुनाह नाका आसपासमा पत्रकार भनिने केही व्यक्तिहरुकै संरक्षणमा अबैद्य सामानको क्यारिगं हुने गरेको देखिएको छ । जमुनाहमा यसअघि थुप्रै पटक नक्कली पत्रकार पक्राउ समेत परिसकेका छन । अहिले पनि जमुनाहमा असुलीका लागि यस्ता पत्रकारको बिगबिगी देखिएको पुलिस अधिकारी नै बताउँँछन ।

हरेक दिनजसो उक्त क्षेत्रमा पत्रकारका नाममा केही व्यक्तिहरु लामबद्ध हुने गरेको चौलिक्का जमुनाह सडकमा सुरक्षार्थ बसेका पुलिस नै बताउँछन । आफु पत्रकार भएको भन्दै प्रेस कार्ड देखाउने र ड्यिुटीमा खटिएका पुलिससँग मिलेमतो गर्ने र नेपालगन्जका बडेमानका व्यापारीको अबैद्य सामान क्यारिगं गर्नमा सहयोग गर्ने गरेको खुलेको छ ।

पत्रकारको नाममा अबैद्य कामलाई सहयोग गर्ने र ती क्यारिगंवाला र उसका मालिक तथा तस्करसँग रकम असुल्ने काममा नेपालगन्जका केही प्रेस कार्डधारी पत्रकारहरुको सक्रियता बढिरहेको डियुटीमा खटिएका एक पुलिस अधिकारी नाम नछाप्ने शर्तमा बताउँछन ।

हामीले कतिदिन त यसो नगर्न भनेर सम्झायौं उल्टै जिल्ला पुलिसका हाकिमदेखि माथिल्ला तहका अधिकारीसँगको हिमझिम बढेको भन्दै हामीलाई नै थर्काउँछन ती डियुटिमा रहेका पुलिसले भने पत्रकार नै यसरी अबैद्य तस्करीको संरक्षक बनेपछि पुलिसले मात्रै के गर्न सक्छ हजुर ।

यसअघि पनि केही पत्रकारले जमुनाहमा रिपोटिगंका निहुुँमा रकम असुलेको खबर पटक पटक आइरहेका छन । यसको रोकथाम र नियन्त्रण तथा अनुसन्धानका लागि नेपाल पत्रकार महासंघ बाँके शाखा विगतदेखि नै उदासीन देखिएको छ ।

यतिसम्म कि कहिँले काँही रिपोटिगंमा अनुहार नदेखिएका व्यक्तिहरु पनि पत्रकारको कार्ड देखाउँदै पुलिससँगै रकम माग्ने गरेको खुलेको छ । एक पुलिसका अनुसार हरेक दिन बेलुका चौलिक्कादेखि जमुनाहसम्म पत्रकारको झुण्ड बस्ने गरेको छ ।

जमुनाह नाकाबाट नेपालगन्जका सामान्य मात्रै होइन उच्च घरानियाका व्यवसायीले समेत सर्वसाधारण मार्फत सामान क्यारिगं गर्ने र बजारमा बिक्रि वितरण गर्ने गर्दै आएका छन । साभार: इसेतो खरी 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार