मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

पोखरा । २४ भदौको जेन-जी आन्दोलनकारीले निजी तथा सरकारी संरचना तोडफोड तथा आगजनी गरिरहेका बेला स्टाटस लेखेर भड्काउन खोजेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

आगजनी भइरहेका बेला स्टाटस लेखेर आन्दोलनकारीलाई थप उत्तेजित बनाउने कार्य गरेको आरोपमा पर्वत फलेवास नगरपालिका- ४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

आन्दोलनकारीलाई भड्काउँदै पर्वतका प्रहरी प्रमुख डीएसपी रविन विष्ट समेतलाई कारबाही हुने बताएका वडाध्यक्ष तिवारीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको हो ।

‘देशभर जेनजी आन्दोलनका नाममा सरकारी संरचनामाथि आगो लागिरहेका थिए, पर्वतमा पनि आन्दोलनले उग्र रूप लिँदे गर्दा वडाध्यक्षबाटै भड्काउने काम भएपछि पक्राउ गरी कारबाही अगाडि बढाइएको हो,’ पर्वत प्रहरी प्रमुख विष्टले भने, ‘तिवारीविरुद्ध अनुसन्धानका लागि आज म्याद थप हुँदैछ ।’

तिवारीले पर्वतका बालुवा तस्कर, उनको संरक्षण गर्ने र कारबाहीका लागि उजुरी दिँदा नलिने पर्वत प्रहरी प्रमुख डीएसपी विष्टसमेतलाई जेन-जीले कारबाही गर्ने आशा लिएको फेसबुकमा स्टाटस लेखेका थिए ।

स्टाटस लेखेकै आधारमा डीएसपीको नाम लिएकाले प्रतिशोध साँधेर पक्राउ गरी साइबर अपराधको मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका नेताहरूले तिवारीलाई छाड्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार