मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

धनगढी उपमहानगरपालिकामा तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु

महमूद आलम खान 1133+ समाचार ( )
धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम सुरु भएको छ ।
२ पौष २०७८, शुक्रबार

हेमराज भट्ट

कैलाली । धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । 

युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्य र बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजनामा क्षमता अभिबृद्धी तालिम सञ्चालन भएको हो । 

पौष २ गते देखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय अध्यक्ष रमेश सीटौलाले तीन दिनसम्म सञ्चालन हुने तालिमले बालबालिका तथा युवाहरुको व्यक्तिव विकास हुने बताए ।

यस्तै उद्घाटन कार्यक्रममा धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशीले बासले सञ्चालन गर्न लागेको तालिम वालवालिका तथा युवाहरुकालागि महत्वपुर्ण रहेको उताईन ।

उनले नगरका बालबालिकाहरुलाई क्षमता अभिबृद्धी तालिम दिन पाउदाँ खुशी लागेको भन्दैतालिमको सफलताको शुभकामना ब्यक्त गरिन् । कार्यक्रममा बासमा सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले तालिम सफलताको शुभकामना व्यक्त गरे । 

तालिमको उद्घाटनमा बासमा कार्यक्रम संयोजक हेमराज भट्ट कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । बास कैलालीका सल्लाहकार प्रेम ढुङ्गानाले स्वागत गरेको तालिमको सञ्चालन बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए । 

बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशी र रमेश सिटौलाले सहजिकरण गरेका छन् । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार