मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

कांग्रेसका युवा नेता अन्सारीद्धारा मन्त्री कार्की माथि भएको दुर्व्यवहारको भर्त्सना

महमूद आलम खान 1133+ समाचार ( )
अनेरास्ववियूले कानूनलाई हातमा लिएर मन्त्री कार्कीविरुद्ध गरेको हर्कतको विरोध जनाएका हुन्
१९ माघ २०७८, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले एमालेको भ्रातृ संगठन अनेरास्ववियूले कांग्रेसका नेता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई गरेको दुर्व्यवहारको भर्त्सना गरेका छन् ।

बुधबार प्रेस नोट जारी गरेर नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका डा.अन्सारीले अनेरास्ववियूले कानूनलाई हातमा लिएर मन्त्री कार्कीविरुद्ध गरेको हर्कतको विरोध जनाएका हुन् । उनले भने, ‘एमाले र अनेरास्ववियूलाई हामीले पनि जवाफ दिन जानेका छौं । हामी कम्युनिस्ट जस्तो गैह्रजिम्मेवार छैनौँ ।’

डा.अन्सारीले भनेका छन्, ‘ज्ञानेन्द्रबहादुर कार्की नेपाल सरकारका मन्त्री मात्रै होइन । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भएर आउनुभएको हाम्रो जनप्रतिनिधि पनि हो । उहाँलाई हुने अपमानको बदला लिने तागत सुनसरीका जनतासंग छ ।’

अनेरास्ववियूका कार्यकर्ताले मन्त्री कार्कीप्रति गरेको व्यवहार निन्दनीय रहेको भन्दै डा.अन्सारीले प्रतिकारका लागि आफूहरू तयार रहेको चेतावनी दिएका छन् ।

कुनै पनि बहानामा कानूनलाई हातमा लिएर गुण्डागर्दीमा उत्रेका अनेरास्ववियूलाई आफ्नो औकात र हैसियतमा बस्न उनले चेतावनी दिएका छन् ।

मंगलबार कालोझण्डा देखाउने बहानामा ललितपुरको पुल्चोकमा मन्त्री कार्की चढेको गाडीलाई बीच सडकमा रोकेर एमालेको अनेरास्ववियूले अपमान गरेको थियो । यो कार्यको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार