मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

सप्तरीमा पुजारीको गोली हानी हत्या

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

सप्तरी । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ।

मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात समूहले कुटीबाट सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको स्थानीयहरूले बताएका छन्।

घटना भएको थाहा पाएपछि स्थानीय बासिन्दाले तुरुन्तै काचनस्थित प्रहरी चौकीमा खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट प्रहरी टोली पुगेर घटनास्थलमा अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका बरामद भएका छन्। घटनाका कारण र अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार