मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

सप्तरीमा पुजारीको गोली हानी हत्या

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

सप्तरी । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ।

मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात समूहले कुटीबाट सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको स्थानीयहरूले बताएका छन्।

घटना भएको थाहा पाएपछि स्थानीय बासिन्दाले तुरुन्तै काचनस्थित प्रहरी चौकीमा खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट प्रहरी टोली पुगेर घटनास्थलमा अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका बरामद भएका छन्। घटनाका कारण र अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार