मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

देश भर मतदान सुरु, बाँकेमा मतदान गर्नेहरुको उत्साह

महमूद आलम खान 1133+ समाचार ( )
कोहलपुरको चपरगौरीमा समयमा नै सुरु भयो मतदान
२९ वैशाख २०७९, बिहीबार

बाँके । स्थानीय तहमा नयाँ नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ । आज विहान ७ बजेदेखि सूरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आज दोस्रोपटक देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ । पाँच वर्ष अगाडि नेपालमा पहिलोपटक स्थानीय सरकारको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

प्रमुख निर्वाचन आयुक्तले भक्तपुरको लोकन्थलीबाट मतदान सुरु गरेका हुन् । उनले मतदान गरिसकेपछि आफुलाई निकै खुशि लागेको बताएका छन् ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माविको मतदान केन्द्र, नेपालगंज १९ डुडुवा गाउँपालिकाको वडा नं ४ लगायतका स्थानमा मतदाताहरु विहानैदेखि भोट हाल्न मतदान स्थलमा हिडेर पुगेका थिए । निर्वाचन आयोगले सुरक्षाका लागि आज सार्वजनिक यायाता बन्द गराएको छ । केहि अत्यावश्यक, मिडिया, एम्बुलेसन्स लगायतले भने सवारी छिटफुट चलेको पाइएको छ । 

आयोगका अनुसार यो पटक १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जना प्रतिनिधि चयन गर्दैछन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यसमध्ये मनोनयनकै क्रममा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध भइसकेका छन् । ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यसपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न १० हजार ७५६ मतदानस्थल अन्र्तगत २१ हजार ९५५ मतदान केन्द्र बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।

निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन्

कोहलपुरको चपरगौडीमा रहेको ज्ञानज्योति माविको मतदान केन्द्र कि अधिकृत पवित्रा पुरीले युथ टुडे न्युज संग कुरा गर्दै भन्नुभयो, नागरिकहरु मतदान गर्ने उत्साहित रहेकोले शान्तिपूर्ण तरिकाले समयमा नै मतदान सुरु गरिएको बताउदै समयमा मतदान सुरु गराउन भुमिका खेल्ने कर्मचारी, स्वयंसेवक, राजनिति दलका प्रतिनिधिहरु, आमनागरिकलाई धन्यवाद दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार