मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

सर्वोच्च अदालतद्वारा मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउन २० बुँदे निर्देशन जारी

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी, अनुमानयोग्य, पारदर्शी र मितव्ययी बनाउन तथा मुद्दाको कारबाहीमा एकरुपता कायम गर्न मातहतका शाखा तथा फाँटहरूका लागि २० बुँदे निर्देशन जारी गरेको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट जारी यस निर्देशनमा मुद्दाको छिटो टुंगो लगाउन र इजलासको समय बचत गर्न विभिन्न प्रबन्धहरू समेटिएका छन्। सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११ (२) बमोजिम भदौ १ गतेदेखि फाँटहरूबाट हुने मुद्दा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यो निर्देशन दिइएको हो।

प्रवक्ता अशोक क्षेत्रीका अनुसार अदालतमा पेस हुने लिखतहरूमा मस्यौदाकारको अनिवार्य सहीछाप गराउनुका साथै सुरु तहको अदालतमा स्वघोषणा फारम अद्यावधिक भए नभएको एकीन गरेर मात्र मिसिल संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

साथै, साधारण तारेख तोक्दा अनिवार्य रूपमा कारण जनाउने, बयान वा बकपत्रको अन्त्यमा कार्य सम्पन्न गर्ने कर्मचारीको नाम र पहिचान खुल्ने गरी हस्ताक्षर अनिवार्य गर्ने तथा तारेख दिने, नक्कल उपलब्ध गराउने र तारेख थाम्नेलगायतका कार्यहरू पक्ष उपस्थित भएको एक घण्टाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, रिट निवेदन वा पुनरावेदन पत्र दर्ता भएको वा प्रत्यर्थी झिकाउने आदेश भएको बढीमा ३ दिनभित्र म्याद जारी गरी म्याद रजिस्टरमा अनिवार्य दर्ता गर्नुपर्नेछ। थुनामा भएका मुद्दामा थुनाइलाई पेसीको सूचना दिई त्यसको निस्सा मिसिलमा सामेल राख्नुपर्ने व्यवस्था गरिएको छ।

फैसला वा अन्तिम आदेश भएको दिन वा भोलिपल्टसम्ममा मुद्दाको लगत कट्टा गरी फाँट डायरी दुरुस्त राख्ने तथा १० दिनभित्र सुरु र रेकर्ड मिसिल फिर्ता पठाउनुपर्ने प्रावधान राखिएको छ। ४ वर्ष पुराना रिट तथा निवेदनमा सामान्यतया ३० दिनभन्दा बढीको साधारण तारेख नदिने गरी तारेख तोक्न र पुराना मुद्दा फर्छ्यौटको समयअवधि सहितको कार्ययोजना पेस गर्न भनिएको छ।

फाँटबाट भएका कामहरूको दैनिक विवरण आन्तरिक प्रयोजनका लागि बनेका डिजिटल ग्रुप (What’s app, Viber, Messenger) मार्फत दैनिक रूपमा जानकारी गराउनुपर्ने निर्देशनमा भनिएको छ।

साथै, आगलागीबाट नष्ट भएका मिसिलको हकमा मिसिल प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०६२ बमोजिम हालसम्म सिर्जना हुन नसकेका मिसिलहरू सिर्जना गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार