मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

अन्तरपालिका पालिकाको समन्वय बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

बाँके । बाँकेको जानी गाँउपालिकामा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजनामा बाँकेका ८ वटा स्थानीय तह र दाङको चार पालिका बिच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको जानकी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो । 

बैठकमा विभिन्न ६ वटा विषयमा छलफल तथा निर्णय गरिएको छ । अन्तर पालिका समन्वय तथा साझेदारी, अन्तर पालिका असल अभ्यासहरु आदानप्रदान, वृहत पूर्वाधारको विकासमा साझेदारी, विपद व्यवस्थापनमा समन्वय, दमकल तथा एम्बुलेन्स व्यवस्थापन, पर्यटन प्रविधि, संस्कृतिको विकास तथा प्रवद्र्धन र स्थानीय बजार व्यवस्थापन सम्बन्धमा छलफल तथा निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो ।

बैठकमा अन्तरपालिकामा अभिमुखीकरण र दमकल संचालनमा सहकार्य गर्ने निर्णय गरिएको जानकी गाँउपालिकाका अधयक्ष छब्बन खानले बताउनु भयो । सितलहबाट प्रभावित हुने नागरिकहरुको तथ्याकं संकलन गरी उचित राहतको व्यवस्था मिलाउने निर्णय गरिएको छ भने जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको बाँकेको ४ वटा स्थानीयतहहरुमा भएको क्षति पश्चात संचालन गर्न सहयोग गरेका स्थानीय तहरुलाई धन्यबाद दिने निर्णय गरिएको छ ।

त्यस्तै बैठकमा पालिकाका सीमाहरुमा देखिने समस्या र पूर्वाधार निर्माणमा समन्वय गरेर अगाडी बढ्ने सहमति भएको छ । बैठकमा अन्तरपालिका जनप्रतिनिधि र कर्मचारी बिच सिकाई आदान प्रदान गर्ने, नियमित समन्वय गर्ने निर्णय भएको छ । 

जानकी गाँउपालिकाका गाउँपालिका अध्यक्ष छब्बन खानको अध्यक्षतामा सञ्चालन भएको बैठकमा आन्तरिक मामिला  तथा कानून मन्न्त्रालयका सचिव लोक बहादुर सुनार, नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त बिष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक, प्रमुख जिल्ला अधिकारी दिल बहादुर तमाङ, प्रहरी उपरिक्षक अंगुर जिसी, सशस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खनाल, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वली, पत्रकार आलम खान लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Imran bhat १६ मंगशिर २०८२, सोमबार

व्याख्या गरिएर kura bhanne

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार