मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

ढकमक्क फुलेको फुलप्रति मानिसहरूको आकर्षण

महमूद आलम खान 1133+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडकमा यतिबेला विभिन्न प्रजातिका फूल ढकमक्क फूलेका छन् । शान्त वातावरण खोज्दै नेपालगञ्जको सडकमा पुग्नेहरू फूलसँग फोटो खिँचेर रमाइरहेका देखिन्छन् । 

हरित अभियन्ता प्लाष्टिक सर्जन डा विनोद कर्णले “हामीले रोपेका यी बिरुवाहरूलाई नेपालगञ्ज उपमहानगरपालिकाले संरक्षण गर्न सफल भएकोले आज सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाएको छ ।”, उहाँले भन्नुभयो, “सहरको सुन्दरताले पनि त्यो सहरको पहिचान निर्माण गर्दछ। त्यसैले हामीले नेपालगञ्जको सुन्दर पहिचानका लागि बिरुवा रोप्ने काम गरेका थियौँ।”

डा कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु घर्तीमगर, ऋषिराज देवकोटा, वसन्ती खड्का, हेमन्तराज काफ्ले लगायतका अभियन्ताहरूले सडक आसपासमा फुलको बिरुवा लगाउनुभएको थियो । 

२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि उपमहानगरपालिकाले अभियन्ताहरूले रोपेका बिरुवा उखेलेर आफ्नै तरिकाले बिरुवा रोपेको थियो । उपमहानगरपालिकाले शिक्षा कार्यालय अगाडि अशोकको बिरुवा र पुष्पलाल चोक आसपास ‘शमी’का बिरुवा रोपेको थियो।

डा कर्ण भन्नुभयो ‘त्यो बेला नगरपालिकाले हामीले रोपेको बकम बेली फुलका बिरुवा उखेलेर नफालेको भए अहिले यो क्षेत्र झन् सुन्दर देखिन्थ्यो।’

खरानीजस्तै देखिएको चारलेन सडकको ग्रिन बेल्ट अहिले हराभरा भइसकेको छ। केही ठाउँमा बिरुवा मरेका छन्। जुन स्थानमा पुनः बिरुवा रोप्न आवश्यक छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले, ग्रिन बेल्टमा हुर्किएका फुल तथा रुख बिरुवाको संरक्षणमा विशेष ध्यान दिइएको बताउनुभयो । आउने दिनमा नगरको विभिन्न रोडमा फुलका बिरुवा लगाउने र त्यसको संरक्षणका लागि विशेष युनिट तयार गरिने उहाँको भनाइ छ । मेयर विष्टले सडकमा फुलेको फुलसँग रमाउनेहरूको भिड देख्दा मन हर्षित हुने गरेको सुनाउनुभयो । नगर सौन्दर्यीकरणमा योगदान पुर्याएको भन्दै उहाँले ‘हरित’ अभियन्ता डा कर्णलाई धन्यवाद पनि दिनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार