मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाल पत्रकार महासंघ बाँकेको 'पत्रकार सद्भाव बनभोज कार्यक्रम'

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले 'पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम' गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा-५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिवार वनभोज कार्यक्रम गरिएको हो । लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस बर्षदेखि फेरि सुरुवात गरेको छ ।

शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथिका रुपमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले महासंघको नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गरेका छन् । उनले स्थानीय सरकारका नाताले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी ब्यक्त गरे । उनले पर्यटन प्रबद्र्धन तथा ब्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताए ।

उनले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरुको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराएका थिए । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर-घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु विरामी भए पशु स्वास्थ्यकर्मी घर-घरमा पुग्छन् । चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताए । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गरेका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उनले विद्यार्थीहरुमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिए ।

अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताए । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरै भन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिए । अन्य मोडेलमा महासंघसंग सहकार्यका लागि पनि उनले आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार