मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

जाजरकोट । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।

आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

त्यसयता चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपासै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

शुक्रबार रातिको ६.४ म्याग्निच्युडको भूकम्पपछि जाजरकोटमा अहिलेसम्म ३११ भन्दा बढी परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार