मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

योग समिति नेपालद्वारा तिज मिलन कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

बाँके । योग समिति नेपालले तिज मिलन तथा दाजुभाईद्धारा दर कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा दिदिबहिनीहरुलाई दरखाने र नाचगानसंगै रमाउने कार्यक्रम रहेको थियो । महिला पुरुष समानरुपमा उपस्थिति थियो र एक– अर्कामा महिलाहरुको महान चार्ड हरितालिका तिजको अग्रिम शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै तीज मार्फत सदभावको सन्देश दिन आग्रह गरेका थिए । अध्यक्ष शाहले छोरा सँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकास हुदै महिला सशक्तिकरणमा सहयोग हुने बताए । उनले योग समितिलाई नरैनापुरमा आएर त्यहाँका महिला दिदीबाहिनीहरु संग तिज मनाउन आग्रह गर्दै उक्त कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च नरैनापुर गाँउपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष शाहले हरेक क्षेत्रको विकासको तुलनामा पुरुष भन्दा महिलाको पनि भूमिका कम नभएको बताए । 

योग गुरु एंव योग समिति नेपालका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा योग क्षेत्रमा योजदान पु¥याएको भन्दै निरञ्जना मल्ल, अनिता श्रेष्ठ, जानकी ज्ञवाली र यसा बोहोरालाई उत्कृष्ट सम्मान प्रदान गरिएको थियो । 

कार्यमा बोल्दै योग गुरु भट्टराईले आजको दिनमा सम्पुर्ण दिदिबहिनीहरु आफ्नै माइती घरमा गएको अनुभुती भएको र महिलाहरु जसरी योग गर्न योग केन्द्रमा आउनु हुन्छ यसले महिलालाई आत्मबल , शरीर स्वस्थ , निरोगी बन्ने अबसर प्रदान गरेको बताए । उनले महिला जसरी घरकै काममा प्रायः व्यस्त हुने र शरीरको कुनै हेरचाह नगर्ने भएकाले महिलाहरुमा धेरै रोग हुने गरेको छ तसर्थ सम्पुर्ण महिला दिदिबहिनीहरुले दिनमा २ घन्टा योग को लागि समय मिलाएर आफ्नो स्वस्थको लागि पनि योग गर्नुपर्ने बताउदै उनले सम्पुर्ण देश–विदेशमा रहनु भएकी नेपाली चेलिहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गरेका थिए । भने कार्यक्रमको संचालन झवि शर्माले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार