मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

प्रेस सम्वद्ध मागप्रति सरकार गम्भीर छ ः प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझायो, देशैभर आज बुझाईँदै
३१ जेठ २०८०, बुधवार

काठमाडौं । प्रेस सेन्टर नेपालले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ साधारणसभाको निर्णय अनुसार नै प्रधानमन्त्री प्रचण्डलाई ध्यानकाकर्षण पत्र बुझाएको हो । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले अध्यक्ष विष्णु सपकोटाको नेतृत्वमा प्रधानमन्त्रीको निवास बालुवाटारमा विहान ध्यानकर्षण पत्र बुझाएको हो । आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्रेस सम्बद्ध मागहरुप्रति सरकार गम्भीर भएको बताउनुभयो । उहाँले सरकारले पत्रमा उल्लेख गरिएको विषयहरुप्रति सरकरको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरकार प्रतिवद्ध र गम्भीर रहेको छ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमनत्रीले परिवर्तन र जनपक्षीय पत्रकारीतामा प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै अहिले परिवर्तनविरोधीले फैलाएको भ्रम र वितण्डाहरुको डटेर प्रतिवाद गर्न अपील पनि गर्नुभयो ।

उहाँले भ्रष्टाचारविरुद्ध सरकारले सम्झौताहिन लडाई लडिरहेको बताउँदै त्यसको लािग सरकार पछि नहट्ने बरु सरकार छाड्न तयार हुने बताउनुभयो । प्रेस सेन्टरले ध्यानाकर्षण पत्रमा सरकारले लिएका नीति र कदमहरुबाट जनतामा राम्रो सन्देश गएको र सदन भित्र र बाहिरबाट शान्ति प्रक्रिया र परिवर्तनका एजेण्डाविरुद्धमा भएका गतिविधिहरुप्रति सरकारले गम्भीर कदम चाल्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले ती हर्कतहरुविरुद्ध सरकार गम्भीरर भएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नी सापकोटा, प्रधानमन्त्रीका राजनीीतक सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाललगायतको उपस्थिति रहेको थियो ।

ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्युनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएकोे छ ।

महासचिव पौडेलका अनुसार अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज देशैभर ध्यानाकर्षण पत्र बुझाइनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार