मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
२२ भाद्र २०८०, शुक्रबार

नरैनापुर । निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ । 

नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।  उक्त वृक्षारोपण कार्यक्रममा करिब ३ सय ५० वटा विभिन्न प्रजातीका वोटविरुवाहरु वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको सहकार्यमा भएको वृक्षारोपण कार्यले ग्लोबल वार्मिङ लाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेपाली सेनाका सहायक रथी प्रकाश थापा, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,  सशस्त्र प्रहरी नयाब उपरिक्षक दिपक चन्द, वडा नं १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्र, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, कृषि शाखा प्रमुख सदन भण्डारी,नेपाली सेनाका अधिकृतहरु, पालिकास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार