मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस"

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
४ वैशाख २०८२, शुक्रबार

कोहलपुर । नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि ले कान्तिपुर देखी पश्चिम नेपालबाट पहिलोपटक अत्याधुनिक सुविधासहितको लक्जरी बस सेवा सुरु गरिएको छ। नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि., कोहलपुरले नेपालगञ्ज देखि काठमाडौंसम्मका लागि ‘फाईटर किङ्ग एसी सोफा सिल्पर’ नामक नयाँ बस सेवा सञ्चालनमा ल्याएको हो। सेवा शुक्रबार कोहलपुर बसपार्कबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

नयाँ ‘फाईटर किङ्ग’ बसमा यात्रुहरूको सुविधा र सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको छ। बसमा निम्न विशेषताहरू उपलब्ध छन्:

-२x१ लेआउटको आरामदायी सोफा सिट

-४ वटा सिंगल सिल्पर र २ वटा डबल सिल्पर बेड

-फोसा सस्पेन्सन प्रणाली – लामो दूरीको -यात्रालाई सहज बनाउने प्रविधि

-२४ घण्टा निःशुल्क वाइफाइ सेवा

-शुद्ध पिउने पानीको सुविधा

-बसभित्र पूर्ण सिसिटिभी निगरानी प्रणाली लगाएत आरमदायी यात्राको लागि सुबिधा सम्पन्न बस संचालनमा ल्याएको संचालक अर्जुन श्रेष्ठले बताउनुभयो ।

बसधनी अर्जुन श्रेष्ठका अनुसार, यो बस पश्चिम नेपालमा हालसम्मको पहिलो यति धेरै फिचर र आरामदायी सिटसहितको अत्याधुनिक सुविधा सम्पन्न बस हो। “यात्रुहरूलाई सुरक्षित,आरामदायी र स्तरीय सेवा दिने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका हौं,” उहाँले बताउनुभयो।

शुभारम्भ कार्यक्रममा नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि.का अध्यक्ष निरज चलाउने, सवारीधनी अर्जुन श्रेष्ठसहित प्रा.लि का पदाधिकारी र कर्मचारी लगाएत यात्रुहरूको उपस्थिति थियो। यात्रुहरूलाई खादा ओढाएर र लड्डु बाँडेर विदाइ गरिएको थियो।

नमस्ते नेपाल यातायातका कोषाध्यक्ष शिवप्रसाद डाँगीका अनुसार, पछिल्लो समय नेपालगञ्ज–काठमाडौं रुटमा यात्रुको चाप तीव्र रूपमा बढेको छ। साथै लक्जरी सेवा खोज्ने यात्रुको संख्या पनि बढ्दै गएकाले कम्पनीले यस्तो सेवा ल्याएको हो। “हामी सस्तो, सुरक्षित र स्तरीय यातायात सेवा दिन प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।

नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि.ले यसअघि धनगढी, महेन्द्रनगर, दाङ, सुर्खेत, जुम्ला, प्युठान, रोल्पा, बुटवल, बिरगंज लगायतका सहरहरूमा पनि लक्जरी बस सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी दिनहरूमा यात्रुहरूको मागअनुसार थप सुविधासहितका नयाँ बसहरू सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष चलाउनेले बताउनुभयो ।

फाईटर किङ्ग बसको टिकट अग्रिम रूपमा बुक गर्न सकिने व्यवस्था गरिएको छ। यात्रुहरूले नमस्ते नेपालको नेपालगन्ज कोहलपुर र काठमान्डौ काउन्टरमा सम्पर्क गर्न सकिने छ। यी मध्ये आफुलाई पाएकपर्ने नजिकको बुकिङ काउण्टर वा कम्पनीको सम्पर्क माध्यमबाट टिकट लिन सकिने छ।

करोडौं खर्च गरेर भित्र्याएको गाडी चलाउने सरकारले गुणस्तरीय सडक दिन नसक्दा आम यातायात ब्यवसायी पिडामा भएको अध्यक्ष चलाउनेले सरकारले सडकको अवस्था सुधार गरे स्वदेशमा लगानी गरेर स्वदेशमै आम्दानी लिन सकिने छ भने सुरक्षीत यात्रा गर्न गर्न यात्रुलाई सहजहुने उहाँको भनाई रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार