मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

नेकपा (एस)बैजनाथको दोश्रो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन र ४५ युवा प्रवेश

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

बाँके ।  नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोश्रो अधिवेशन शनिवार उत्सवमय वातावरणमा सम्पन्न भएको छ। अधिवेशनका सहभागीहरू जि गाउँ चोकदेखि पञ्चै बाजा, थारु सांस्कृतिक नृत्य र नारा जुलुस सहित प्रभात नमूना माध्यामिक विद्यालयको सभाहलमा प्रवेश गरेका थिए।

अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम सचिव राजु बीसीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा, देवाङको नेतृत्वमा नेपाली काङ्ग्रेस नेकपा एमाले माओवादी केन्द्र परित्याग गरेर ४५ जना युवाहरूले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। केन्द्रिय सदस्य कृष्ण बि सी,नारायणी ओली,लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खान र जिल्ला अध्यक्ष दिपक जि एम लगाएर नेताहरुले टीका अबिर लगाएर नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो।

अधिवेशनले जय बहादुर शाहको अध्यक्षतामा पदाधिकारी सहित २३ सदस्यीय गाउँ कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। समितिमा सुन्दरमान विश्वकर्मा उपाध्यक्ष, राजु बीसी सचिव, खगीसरा पुरी उपसचिवमा चयन भएका छन्। अन्य सदस्यहरूमा शान्ति खड्का, कमल बैगार, भदी बुढा, छेदा थारु, शेर बहादुर अधिकारी, गनेश बीसी, विष्णु न्यौपाने, सरिता घर्ती बुढा, रत्ना घर्ती, ज्योती शाह, जगतमाया परियार, सृजना सुनार, सुरेश सुनार, मौसरा विश्वकर्मा, शान्त बहादुर बुढामगर, गायत्री थारु र निउनी बी.क. रहेका छन्।

नवगठित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा केन्द्रीय सदस्य नारायणी ओलीले पार्टीका सम्पूर्ण कागजात, निर्णय रजिस्टरलगायत आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो। उहाँले नव निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै संगठनलाई अझ मजबुत बनाउने आह्वान सहित निर्देशन दिनुभयो।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जीसीले नव चयनित टोलीलाई प्रमाणपत्र वितरण गर्दै टीका लगाई कार्यकाल सफलताको कामना ब्यक्त गर्नुभएको थियो। लुम्बिनी प्रदेश अध्यक्ष एवं बाँके जिल्ला इञ्चार्ज अब्दुल हुसेन खानले नयाँ नेतृत्वलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको जानकारी जिल्ला अध्यक्ष दीपक जीएमले दिनुभयो।

पार्टी कार्यकर्ताहरूले यो अधिवेशनले संगठनलाई गाउँ टोलसम्म विस्तार गर्दै स्थानीय तहमा पार्टीको प्रभाव अझ मजबुत बनाउने नवनिर्वाचित अध्यक्ष जय बहादुर शाहले प्रतिबद्धता जाहेर गर्नुभएको जिल्ला उप-सचिव टेकेन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार