मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नाउपाको साधारण सदस्यसमेत नरहनेगरी रञ्जिता श्रेष्ठ अध्यक्षबाट बर्खास्त

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ। पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो।

'बहुमत सदस्यको निर्णयबमोजिम उहाँ(अध्यक्ष)ज्युसँग स्पष्टीकरण सोधिएको थियो। तर, उहाँले न स्पष्टीकरण दिनुभयो, न भेलामा सहभागिता नै जनाउनुभयो। त्यसपछि अनुशासन आयोगको प्रस्तावमा उहाँलाई अध्यक्षबाट हटाउने निर्णय भेलाले अनुमोदन गरेको हो,' संयोजक थारूले भने।

त्यस्तै बैठकले टीकापुरमा भएको पार्टीको पहिलो अधिवेशनमा सर्वसम्मत भएका २०१ जना केन्द्रीय सदस्यको अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा सूची बुझाउने निर्णय भएको उनले बताए। टीकापुर महाधिवेशनको विषय भने सर्वोच्च अदालतमा विचाराधीन छ।

त्यस्तै अर्को अध्यक्ष बनाउने विषयमा भोलि छलफल हुने भएको छ। 'केही विषयमा अझै छलफल आवश्यक रहेकाले भोलि ११ बजेसम्मका लागि भेला स्थगित गरेका छौं। नयाँ अध्यक्ष चयनको प्रक्रिया भोलि सुरू हुन्छ,' संयोजक थारूले भने।

पार्टी संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत कार्यवाहक तोकेको आरोप लगाए। उनले रञ्जिताको निर्णयप्रति असन्तुष्टि जनाउँदै यस्ता विषयमा केन्द्रीय समितिमा छलफल गरिनुपर्ने बताए। 'अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले मलाई र कार्यकर्तालाई पनि मन परेको छैन। अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको छ,' उनले भने।

विवादित अडियो प्रकरणमा मुछिएपछि अध्यक्ष रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन्। त्यसलगत्तै रेशम पक्षधरको बुहमत संस्थापक केन्द्रीय सदस्यको बैठकले अध्यक्ष रञ्जिताप्रति खेद प्रकट गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष रञ्जिताले भने भेलाको कुनै औचित्य नरहेको बताउँदै आएकी छन्। उनले रेशम पक्षले गरेको भेलालाई अवैधानिक दाबी गर्दै आएकी छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार