मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नौवस्ता औद्योगिक क्षेत्रमै स्थानीय जनतालाई राखिने बैजनाथ सरकारको "बुलेट"निर्णय

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
वडा अध्यक्ष बैगार नौवस्ता औद्योगिक क्षेत्रको सुरक्षीत अवतरण नै नौवस्ताका हरेक नागरिकको लागि सुवर्ण अवसर हुने आफुले काम पूरा नगरेसम्म आरमको सांस नलिने बताउदै स्थानीय नागरिकहरुको समस्या सम्झदा निँद नै नलाग्ने र कयौं रात यस्को समाधानकै बारेमा योजना बनाउदै बित्ने गरेको समेत बताउनु हुन्छ।
८ भाद्र २०७९, बुधवार

कुशल दलामी

बाँके । लुम्बिनी प्रदेश स्तरीय राष्ट्रको गौरवको योजना नौवस्ता औधोगिक क्षेत्रमा औधोगिक क्षेत्र घोषणा हुनुपुर्बदेखि नै बस्दै आएका बैजनाथ गाउँपालिका ३ नम्बर वडाका स्थानीय नागरिकहरुको हकहितका लागि बैजनाथ गाउँपालिका अध्यक्षको नेतृत्वमा बैजनाथ सरकारले बुलेट गतिमा कामलाई तिब्रता दिएसँगै बुधबार औधोगिक क्षेत्र प्रमुख सहित स्थानीय सरकारले स्थलगत अनुगमन सम्पन्न गरेको छ।

बैजनाथ ३ नौवस्ता स्थित नाैवस्ता औद्योगिक क्षेत्रको समस्या समाधान गर्नका लागि नेपालगन्ज नौवस्ता औद्योगिक क्षेत्रका प्रमुख कृष्ण पुन , बैजनाथ अध्यक्ष प्रकाश बहादुर शाहि , उपाध्यक्ष निर्मला राेकाय ,वडा अध्यक्ष निखिल बैगार लगायत स्थानीय बुद्विजिबिको उपस्थितिमा बुधबार बैजनाथ गाउँपालिका ३ नम्बर वडा कार्यालय वडा अध्यक्ष निखिल बैगारको कार्यकक्षमा समस्या दीर्घकालीन रूपमा समाधानका लागी छलफल तथा स्थलगत अनुगम गरि जग्गा स्थानीय नागरिकहरुले जोतभोग गर्दै घर निर्माण गरि कति घरधुरी बसेको एकिन गरेर स्थानीय नागरिकहरुको समस्या दीर्घकालीन रूपमा समाधान गरेर औद्योगिक क्षेत्रको काम समेर तिब्र "बुलेट" गतीमा शुरु गराएर हजारौं युवाहरूलाई रोजगारी सिर्जना गर्न छिटो छरितो काम गर्न स्थानीय सरकार हरेक कदममा कदम राख्न तयार भएको अध्यक्ष प्रकाश बहादुर शाहि निर्वाचन भएको दिनमै नौवस्ताबासी सम्पुर्ण जनता स्थानीय समाजसेवी कुनै पार्टी र दल नभनेर बिजय जुलुसमा केही अचम्मका दृश्य देखिएका थिए।वास्तविक कारण यहि रहेछ जुन शाही नेतृत्वको स्थानीय सरकारले पहिलो निर्णय नै यहि गर्यो र स्थानीय जनताको बिकल्प हैन औद्योगिक क्षेत्रले दुईकदम पछि सर्नपर्ने यसो गरेमा स्थानीय बासिन्दाहरुको ब्यवस्थापन हुन्छ त्यसो भए औद्योगिक क्षेत्रको काम अबरोध हैन आफै जनता काम गर्न पुग्नेछन। हो यसरी लोकप्रिय निर्णय गर्न सफल भएका शाहिले अब औद्योगिक क्षेत्र बाट अन्यत्र कतै जान नपर्ने कुरा सुनाएपछी स्थानीयहरुको घरमा दिपावली नै आएजस्तो खुशी छाउन शुरु भएको छ।

वडा अध्यक्ष बैगार नौवस्ता औद्योगिक क्षेत्रको सुरक्षीत अवतरण नै नौवस्ताका हरेक नागरिकको लागि सुवर्ण अवसर हुने आफुले काम पूरा नगरेसम्म आरमको सांस नलिने बताउदै स्थानीय नागरिकहरुको समस्या सम्झदा निँद नै नलाग्ने र कयौं रात यस्को समाधानकै बारेमा योजना बनाउदै बित्ने गरेको समेत बताउनु हुन्छ।

अब के साच्चिकै यस्तो हुन्छ त ? यदि हो भने यहि स्थानीय सरकारले पिल्सिएका स्थानीय नागरिकका पिडामा मल्लम लगाउन सफल होला ? कि दिउँसोमा सपना देखाउने रातिमा बिर्सने गर्ने त हैन ? यो सब कामले देखाउने छ ।तर अहिलेको शाही नेतृत्वको सरकारको दौडधुप र पहिलो निर्णय नै औद्योगिक क्षेत्र ब्यवस्थापन भएकाले जस्तोसुकै अवस्थामा पनि यो कार्यलाई सफल गर्नेतर्फ अग्रसर भएको नतिजा दिनप्रतिदिन देखिन थालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार