मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया सम्पन्न

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१५ असार २०८१, शनिबार

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले नरैनापुर गाउँपालिकामा एकदिवसीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवाला संग आज शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले गर्नु भएको थियो । 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरी, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, नेपाल प्रहरी र सशस्त्र जम्मा ५० जनाको सहभागिता रहेको थियो।

‘खाध स्वच्छतामा लगानी बढाऔँ, अप्रत्यासित अवस्थाको पूर्वतयसरी गरौँ ’ भन्ने नारासहित सुरु भएको उक्त जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुखले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । प्रस्तुतिकै क्रममा उहाँले खाद्य स्वच्छता कायम गर्न किन जरुरी छ, खाद्य स्वच्छता भएन भने मानव स्वास्थ्यमा कस्तो असर पर्छ, अस्वस्थकर अभ्यासले निम्तिने खाद्यजनित रोग र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने चर्चा गर्नु भएको थियो । साथै नेपालको संबिधानमा खाद्यसम्बन्धी हक, खाद्य सम्प्रभुता रहेको कुरा जानकारी गराउँदै खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने कुराको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले यस्तो जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी माझीले यो कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने धारणा राख्नु भएको थियो । भने कार्यक्रममा एकराज बुढा थोकीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने राम हरि लामिछानेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार