मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जडिबुटी उद्योगमा लागेको आगो ७ घण्टा पछि नियन्त्रणमा आयो

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित रहेको बाहुबली हर्ब प्रालि जडिबुटी उद्योगमा विद्युत् सर्ट भएर बिहान ७ बजे लागेको आगो दिउसो २ बजे नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनु भयो । 

प्रहरी उपरीक्षक तुलबहादुर कार्कीेका अनुसार ब्यापारी राजेश जैनले संचालन गरेको जडिबुटी उद्योग परिसरमा राखिएका सल्लाको खोटो तथा दाउराबाट सुरु भएको आगलागी उद्योग सम्म पुगे पनि नेपालगन्ज विमानस्थलको दमकललगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानोन, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, भारतको बहराईचको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणमा लिएको बताउनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भन्नुभयो, प्रहरी उपरिक्षक कार्कीको कमाण्डमा ११४ जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी १६४ जना सुरक्षाकर्मी परिचालन गरी आगलागी पूर्ण रुपमा नियन्त्रण्मा लिएको बताउदै उहाँले मानवीय क्षति  बताउनु भयो । 

उद्योगका संचालक राजेश जैनले करोडौको क्षति भएको बताए पनि बाँके प्रहरीले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ । आगलागीको जानकाी पाए पछि नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, व्यापारी नरेन्द्र ओली समेत आगलागी स्थलमा पुग्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार