मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेका हुन् । यो संविधानविपरीत छ ।
४ अशोज २०७९, मङ्गलबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेका हुन् । यो संविधानविपरीत छ ।

संविधानको धारा ११३ को ३ बमोजिम यसअघि राष्ट्रपतिले विधेयक फिर्ता पठाएका थिए । तर, धारा ११३ को ४ अनुसार त्यसरी फिर्ता पठाइएको विधेयक दुबै सदनबाट परिमार्जनसहित वा जस्ताको त्यस्तै पारित भएर आएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यो बाध्यात्मक व्यवस्था हो ।

धारा ११३ को ४ अनुसार मंगलबार राती १२ बजेसम्म राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने समय थियो । तर, रातको १२ बजे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएन । विधेयक प्रमाणीकरण नभएसँगै राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको छ ।

संविधानको संरक्षकको भूमिकामा रहनुपर्ने राष्ट्रपतिबाट संविधान उलङ्घनको भएको भन्दै मध्यरातदेखि नै आलोचना सुरु भएको छ । विगतमा समेत अभिभावकत्व भूमिका प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका राष्ट्रपति यस घटनाबाट थप आलोचित हुने निश्चित छ । 

नागरिकता विधेयकलाई राष्ट्रपतिको पूर्व दल नेकपा एमाले प्रतिष्ठाको विषय बनाएको छ । राष्ट्रपति पनि पूर्व दलकै निर्णयअनुसार विधेयक प्रमाणीकरण नगर्ने निर्णयमा पुगेको कुरा कहीँ कतै लुकेको छैन । नत्र विधेयक प्रमाणीकरण नगर्नुपर्ने कुनै कारण छैन ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेसँगै नेपाली नागरिकता भएका बुबा र आमाबाट जन्मेका तर वंशजको नागरिकता नपाएका हजारौं नेपाली नागरिक पुनः अनागरिक भएर बाँच्नुपर्ने परिस्थिति दोहोरिएको छ ।

सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक रोक्ने अधिकार आलङ्कारिक राष्ट्रपतिसँग छैन । राष्ट्रपतिलाई आफै निर्णय गर्ने अधिकार संविधानले दिएको छैन ।

सार्वभौम संसद्ले पठाएको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपतिले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने संवैधानिक जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार