मुख्य समाचार
फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी | विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश |

डुडुवा ४ मा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं स्वास्थ्यकर्मी

महमूद आलम खान 1133+ समाचार ( )
१२ कार्तिक २०७८, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ अमरहवाका नरबिर रेउरे ८० वर्ष पुगे। चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ। घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । 

स्वास्थ्यकर्मी घरमै आएर उनको प्रेसर, पिसाब, हेमोग्लोबिन र क्रस मेचिङ गरे । उनले भने, ‘घरमै आएर यसरी चेकजाँच कहिले भएको थिएन। जे होस् अहिले स्थानीय सरकारले हामीलाई पनि हेरेछ । हामी जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी खटाएछ। यो निकै खुसीको कुरा हो।’ 

डुडुवा ४ कै ७५ बर्षिया नखु रेउरेलाई पनि जोर्नी दुख्ने समस्या देखिएको छ। बेलाबेला उनले पनि औषधिका लागि घरपरिवारका सदस्यसँग भन्नुपर्ने हुन्छ। तर अहिले स्वास्थ्यकर्मी घरमै आएर चेकजाँच र औषधि दिएपछि उनी पनि खुसी भएकी छिन्। उनले भनिन्, ‘हामी बुढेसकालका मानिसका लागि पनि गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले सोचे जस्तो लाग्यो। युवा उमेरमा हामीले पनि समाजका लागि केही गरेका छौं। अहिले शरीरले साथ नदिँदा स्थानीय सरकारले स्वास्थ्यकर्मी घरमै पठाएर सेवा दिँदा खुसी भएका छौं।’ 

शुक्रबार घर घरमा पुगेर स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको देखे पछि स्थानीयहरु हर्षित भएका थिए । युथ टुडे न्युज संग कुरा गर्दै स्थानीयहरुले भने स्वास्थ्यकर्मीहरु घरमा नै पुगेर जाँच गर्ने र औषधि दिने गरेको बताउदै स्थानीय सुरेन्द्र रेउरेले भने‘बुढेसकालमा रोगले च्याप्यो। स्वास्थ्यकर्मी घरमै आएर औषधि दिएको यो पहिलो पटक हो। यसले बुढाबुढीहरुलाई सजिलो भएको छ’,।

डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले 'जेष्ठ नागरिक संग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम' मार्फत सेवा पाउँदा खुसी भएका यी केही प्रतिनिधिपात्र मात्रै हुन्। अहिले डुडुवा ४ मा ३ जना स्वास्थ्यकर्मी खटाएर जेष्ठ नागरिकको उपचार गर्ने गरिएको स्वास्थ्य शाखाका सहसंयोजक बिरेन्द्र घलेले बताए ।उनले भने, ‘हामीले डुडुवा गाउँपालिकाको ६ वटै वडामा एक-एक जना हेल्थ असिष्टेन्ट, अनमी र ल्याब असिस्टेन्ट राखेर जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौं। यसले जेष्ठ नागरिकप्रतिको समाजको दृष्टिकोणमा पनि परिवर्तन आउँछ।’

प्रत्येक वडाका घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भइरहेको घलेले बताए। उनले भने, ‘हामीले प्रत्येकको घरमा गएर स्वास्थ्य चेकजाँच गर्न भनेका छौं। उहाँहरूले जेष्ठ नागरिकलाई दिएको सेवाको विवरण नाम सबै भरेर ल्याउनुहुन्छ।’

जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि गाउँपालिक  अध्यक्ष जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको सहसंयोजक घलेको भनाई थियो । डुडुवा ४ मा हेल्थ असिस्टेन्ट शैलेन्द्र शर्मा, अनमी सिमा घर्तिमगर खान र ल्याब असिस्टेन्ट लक्ष्मी पुनले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार