मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संघीयताको मर्म अनुसार निजामति कर्मचारी ऐन बन्छ : सभामुख

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्म अनुसार निजामति कर्मचारी सम्वन्धी ऐन बनाउन लागिएको बताउनु भएको छ । 

उहांले प्रदेशलाई बलियो वनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेश सभाले सदैव सचेत रहेको बताउनु भयो । उहांले संघीयताको मर्म अनुसार लुम्विनी प्रदेशवासीलाई हित हुने गरि कानुन वनाउनेमा सभा प्रतिवद्ध रहेको पनि बताउनु भयो । 

 प्रदेश निजामति सेवाको गठन, संचालन र सेवा शर्त सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकमाथी प्रदेश मामिला तथा कानुन उपसमितिले आईतवार देउखुरीमा आयोजना गरेको विज्ञ तथा सरोकारवाला वीच गरिएको छलफल कार्यक्रममा सभामुख घर्ती मगरले प्रदेशमा दक्ष जनशक्ति तयार नहुदा सम्म संघको कर्मचारी आवश्यक पर्ने तर प्राथमिकता प्रदेशवासीलाई नै दिईने गरी ऐन बनाउने वनाउनु भयो । 

राष्ट्सेवक कर्मचारीहरुलाई जवाफदेही वनाउन र उहांहरुको वृत्ति विकासमा समेत ध्यान दिएर ऐन बनाउने उहांले प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहांले नयां पुस्ताको लागि प्रदेशलाई आवश्यक पर्ने जनशक्तिको सही परिचालन गर्ने गरी ऐन वनाउनु पर्छ भन्नेमा सबै माननीयहरु सचेत रहेको पनि सभामुख घर्ती मगरले बताउनु भयो । उहांले विज्ञ तथा सरोकारवालाहरुले दिएको सुझावको आधारमा कर्मचारीको ऐन वनाउने पनि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

कार्यक्रममा गृहमन्त्री सन्तोष कुमार पाण्डेले समितिले निकै मेहनत गरी मस्यौदालाई अन्तिम रुप दिन लागेको बताउनुहुदै ऐनमा सवै प्रकारका कर्मचारीहरुलाई सम्वोधन गर्ने बताउनु भयो । उप समितिका संयोजक भोज प्रसाद श्रेष्ठले विधेयकको वारेमा जनस्तर सम्मबाट सुझावको अपेक्षा गरिएको बताउनु भयो । प्राविधिकरुपमा समेत विज्ञहरुसंग छलफल गरिएको बताउनुहुदै उहांले यो विधेयक ऐनको रुपमा आउदा सबै कर्मचारीको भावना समेटिने बताउनु भयो । समितिका सदस्य निमा गिरीले ७ दिन सम्म विधेयकको विषयमा गहन छलफल गरिएको र यसलाई अन्तिम रुप दिन लागिएको जानकारी दिनु भयो । छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाहरुले जसको लागि ऐन बनाईदै छ त्यसले अनुभूत हुने गरी ऐन बनाउन प्रदेश सभा सदस्यहरुलाई सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार