मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌मा मुस्लिम र दलितलाई समावेश नगरेको भन्दै सांसद खानको आपत्ति

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रिपरिषद्‌मा समावेश नगराएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले ४० लाखभन्दा बढी दलित र १५ लाखभन्दा बढी मुस्लिम समुदायको जनसंख्या भए पनि उनीहरुको उपस्थिति मन्त्रिपरिषद्‌मा हुन नसकेको बताए ।

‘सामाजिक न्यायको कुरा आउँदा नेपालमा ४० लाखभन्दा बढी दलित समुदायको जनसंख्या भए पनि, १५ लाखभन्दा बढी मुस्लिम समुदायको जनसंख्या भए पनि उहाँहरुको उपस्थिति मन्त्रीमण्डलमा नहुनु कुन प्रकारको सामाजिक न्याय हो ? भन्नेकुरा सदनले सोच्न जरुरी छ,' उनले भने,

उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक रहेको धारणा राखे । उनले सडक शान्त हुँदा संसद् निरंकुश बन्ने बताए । उनले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्नेमा जोड दिए । उनले भने, 'शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक छ, जब सडक शान्त हुन्छ, तब सरकार निरंकुश हुन्छ । जब प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो, मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्छ ।’

सांसद खानले पार्टीभक्तिलाई छोडेर पार्टीभित्र आलोचना, आत्मालोचना गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार