मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बाँकेमा ८०६ मतदान तथा सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

बाँके । बाँकेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई आजदेखि नेपालगञ्जमा तालिम दिन सुरु गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेक बहादुर शाहीले बताउनुभयो । 

निर्वाचन प्रक्रियामा प्रत्यक्ष रुपमा संलग्न हुने कर्मचारीहरूलाई समयमै आवश्यक ज्ञान र सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो । फागुन १४ गतेसम्म विभिन्न चरणमा तालिम सञ्चालन हुने शाहीले जानकारी दिनुभयो । तालिममा निर्वाचन कानुन, मतदान प्रक्रिया, मतपत्र र निर्वाचन सामग्रीको प्रयोग, मतपेटिका व्यवस्थापन मतदाता पहिचान प्रक्रिया, मतदाताको अभिलेखीकरण तथा मतगणना पूर्वको तयारीबारे विस्तृत जानकारी प्रदान गरिनेछ । निर्वाचन कार्यलाई प्रभावकारी, पारदर्शी र विवादरहित बनाउन तालिमले भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ४०० मतदान केन्द्र छन् । तालिममा ४०० मतदान केन्द्रमा खटिने प्रत्येक मतदान केन्द्रका एक(एक जना मतदान र सहायक मतदान अधिकृत गरी ८०० जना तथा अस्थायी तीन मतदान केन्द्रका ६ जना गरी जम्मा ८०६ जना सहभागी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार