मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

आगो झोसेर दुर्गा प्रसाईं घरमा मुसुमुसु, सुनिल शर्मा नयाँ दिल्लीमा खुसुखुसु

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौँ — विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कमाण्डमा भएको राजावादीहरुको आन्दोलन लुटपाट, आगजनी र तोडफोडमा परिणत भएको छ । प्रदर्शनकारीलाई उक्साउनुसम्म उक्साएर त्यसबाट उत्पन्न परिस्थिति को दोष छल्न बच्न उनी दिउँसै भक्तपुरस्थित घर पुगेका छन् । 

यसबीच दर्जनौं प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । निजी घर,डिपार्टमेन्टल स्टोर,सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । अराजक भीडले लुटपाट मच्चाएसङ्गै काठमाडौं महानगरको पूर्वी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

साँझ साढे ५ बजेपछि कोटेश्वर क्षेत्रका सडकमा नेपाली सेनाले गस्ती थालेको छ । प्रहरीले शान्तिसुरक्षा र अमनचयन कायम राख्न आवश्यकताअनुसार गोली हान्न पाउने अनुमति माग गरेको छ । 

यता,काठमाण्डौ दन्दनी बलिरहेको बेला नेपाली काँग्रेसका सांसद तथा अर्का मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा भने एउटा विज्ञप्ति जारी गरेर नयाँ दिल्ली गएका छन् । उनी दिउँसो साढे २ बजे इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५४ मा गएका हुन् । भारत जानुअघि उनले आजको हिंसात्मक घटनाको आकलन गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गरिने व्यहोराको विज्ञप्ति प्रकाशन गरेका थिए । उनी नयाँ दिल्ली उडेलगत्तै यता लुटपाट, आगजनी र हिंसात्मक अवस्था सिर्जना हुनुले परिस्थितिलाई झन रहस्यमय बनाइदिएको छ ।

शर्माको अस्पताल काठमाडौं मेडिकल कलेजका तर्फबाट प्रशासन प्रमुख नारायणप्रसाद दाहालले राजनीतिक सभा अगावै घाइतेको उपचार निःशुल्क गराउने भन्दै विज्ञप्ति जारी गर्नुले प्रसाईंको उद्देश्य र त्यसमा सहभागिताको लहरो धेरै गहिरो रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार