मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |
मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |


माके (क्रान्तिकारी) र माओवादी केन्द्र बिच एकता गर्ने बिषयमा छलफल

महमूद आलम खान 1133+ समाचार ( )
क्रान्तिका कार्यभार पुरागर्न क्रान्तिकारी पार्टी निमार्णमा सुझाव
१३ चैत्र २०७८, आइतबार

भिमबहादुर बिक

काठमाण्डौं । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दामा संघर्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) बिच ‘माओवादी एकता अनिवार्यताः बाम कम्युनिष्ट एकता आजको आवश्यकता’ का विषयमा गम्भिर छलफल भएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिच आज साझँ दहाल निवास खुमलटारमा उक्त छलफल भएको हो । दुई पार्टीका शिर्ष नेताहरुले छलफलको क्रममा माओवादी शक्तिको विभाजनले जनयुद्धबाट प्राप्त उपलब्धीहरु समेत गुम्नसक्ने खतरा उत्पन्न भएको र मुलुक फेरी प्रतिगमनको दिशातिर जान सक्ने अवसथा आएको निष्कर्ष निकाल्दै विभाजित माओवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका हुन ।

दुई पार्टीका शिर्ष नेताहरुको बिचमा करिब डेढ घण्टा लामो छलफल भएको भएको थियो । छलफलको क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी शक्तिको विभाजनको कारणले प्रतिक्रियावादी शक्तिहरुसँगको लडाईमा अपेक्षित जित हासिल गर्न नसकिएपनि आफ्नो पार्टीले निरन्तर जनताको न्यायोचित मुद्दाहरु पुरा गर्न संघर्ष गरिरहेको बताए ।

उनले भने–‘हाम्रो पार्टी जनयुद्ध, जनआन्दोलन र जनताको न्यायका लागि गरिएका सबै आन्दोलनहरुबाट प्राप्त उपलब्धीको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने दिशामा अहिले पनि संघर्षमै छ । अरुले बाहिरबाट भने जस्तो हामीले जनताको मुद्दा छोडेको वा आन्दोलनबाट भागेको भन्ने सत्य होइन, हामी संघर्षको फरक प्रकृयामा अघि बढेको कुरा धेरैले बुझ्न सकेका छैनन् ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र (क्रान्तिकारी) ले पछिल्लो चरण जसरी विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट, छलफल र बलियो आन्दोलनको शक्ति निमार्णको लागि पहल गरिरहेको छ, त्यो असाध्यै राम्रो भएको टिप्पणी गर्दै त्यसलाई आफुले सकारात्म रुपमा लिएको बताए ।

उनले भने–‘जसरी माओवादी आन्दोलनमा विभाजन आयो, त्यसले मुलत देशीविदेशी प्रतिगामी शक्तिलाई बल पुग्न गयो । यदि माओवादी आन्दोलन सिङ्गो अवस्थामा रहन्थ्यो भने अहिलेसम्म हामीले जनवादी क्रान्तिका बाँकी कार्यभारहरु धेरै हदसम्म पुरा गरिसक्ने अवस्था रहन्थ्यो, तर हाम्रा कमरेडहरुले बुझेनन् र क्रान्तिकारी आन्दोलन कमजोर बन्न पुगेको छ ।’

उनले माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलको विषयका रुपमा उठान गरेका सबै विषय मुलत नेपाली जनताको हक, अधिकार र न्यायका पक्षमा रहेको तथा त्यसले प्रगतिशिल तथा कम्युनिष्ट शक्तिहरुको एकतामा जोड दिएको हुनाले त्यसलाई आफ्नो पार्टीले हार्दिकतापूर्वक स्वागत गर्ने विश्वास दिलाए । उनले हिजोका दिनमा कतिपय अवस्थामा कमिकमजोरीहरु भएको हुन सक्ने भन्दै पुनः एक पटक समिक्षा गरेर, विशेष गरी माओवादी शक्तिहरु र कम्युनिष्टहरु एकताबद्ध हुँदै समाजवादको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताए । 

उनले पार्टीको विचार मिल्नेहरुसँग तत्काल एकता र अग्रगामी शक्तिहरुसँग लामो सहकार्य गर्दै जनयुद्धमा आफुहरुले उठान गरेका सबै राजनीतिक मुद्दाहरु पुरा गर्ने प्रतिवद्धता जनाए । उनले माओवादी केन्द्र (क्रान्तिकारी) लगाएतका माओवादी सम्बद्ध राजनीतिक दलहरुलाई एकताका लागि आह्वान गर्दै भने–‘हामी सबै मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ, सबै माओवादी र प्रगतिशिल कम्युनिष्ट शक्तिहरुसँग हामी राजनीतिक सैद्धान्तिक वैचारिक छलफल सहित एकताको लागि आह्वान गर्दछौं । सबै जुटेर मात्र जनयुद्धका सबै राजनीतिक मुद्दाहरु पुरा गर्न सकिन्छ ।’ 

उक्त भेटघाटको क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले मुलत माओवादी आन्दोलनमा २०६९ को विभाजन सैद्धान्तिक वैचारिक हिसावले ठिक भएपनि त्यसले मुख्यगरी माओवादी शक्तिलाई नै कमजोर बनाएको कारण सत्ताँरुढ माओवादी र सडकमा आन्दोलनरत माओवादी सबै कमजोर अवस्थामै खुम्चिने परिस्थिति सिर्जना भएको बताए ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले आन्दोलनको विभाजनले विद्रोहको बाटोमा रहेको शक्तिले क्रान्तिकारी आशावाद समेत जोगाउँन नसकेको र सत्ताँमा रहेको शक्तिले समेत हिजोको क्रान्तिको आधारभुत वर्ग, उत्पीडित जनसमुदाय, शहीद, घाइते, अपाङ्ग, बेपत्ता परिवारको मन जित्नेगरी काम गर्न नसकेको अवस्था औल्याउँदै त्यसले पुर्न एकपटक जनयुद्ध र जनआन्दोलनको समग्र समिक्षा सहित एकतावद्ध हुन निर्देशित गरेको बताए ।

महासचिव लोकेशले जनयुद्धको क्रममा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्नका लागि एकताबद्ध हुन नचाहने शक्ति वास्तवमा माओवादी विरोध र जनताको आन्दोलनको अपराधी हुने भन्दै पुराना पुस्ताका नेताहरुलाई एकताका लागि सचेत बताएका थिए । उनले माओवादी एकताको पक्षमा प्रचण्ड, बैद्य, विप्लव सबैले एक पटक आ–आफ्नो अडान छाडेर आन्दोलनलाई केन्द्रमा राख्दै जुट्न पहल गर्नुपर्छ, त्यो कुनैपनि हालतमा हुनैपर्ने धारणा राखे ।

उनले माओवादी एकताको अनिवार्यतामा जोड दिदै भने–‘हामीले केका लागि जनयुद्ध गरेका थियौं, के कति उपलब्धी वा क्षति भयो, र अबको क्रान्तिको मोडेल कस्तो हुनुपर्छ भन्ने कुरामा सबै विभाजित माओवादी शक्तिहरु एक ठाउँमा आएर गम्भिर सैद्धान्तिक, वैचारिक छलफल गर्न जुट्नुपर्छ । नमिलेको कुरालाई तन्काउने होइन, त्यसलाई सुधारेर क्रान्तिकारी कार्यदिशा अनुसार अघि बढ्ने कुरामा सबै सहमत हुनैपर्छ ।’

महासचिव लोकेशले मुलभूत कुरा विचार राजनीति भएकाले एकताको लागि वहस त्यहाँ केन्द्रीत गर्दै विचारसहितको नेतृत्वको विधिमा जाँदा सहज हुने भन्दै अग्रज माओवादी नेताहरुलाई सुझाव समेत दिए । उनले शत्ताँरुढ माओवादी शक्ति प्रतिक्रियावादमा बदलिएको र क्रान्तिकारीशक्तिभित्रसमेत सुधारवादी अराजकता विकास भएका कारण पार्टीका इमान्दारनेता, कार्यकर्ता र आमजनसमुदाय निरासाले घेरीएको बताए

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार