मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

भारतको त्रिपुरा राज्यमा जाति धर्मको नामबाट मुस्लिम, दलीत र अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई रोक्न मन्चको माग

महमूद आलम खान 1133+ समाचार ( )
१४ कार्तिक २०७८, आइतबार

बाँके । धार्मिक सामाजिक एकता मन्च बाँकेले भारत र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदक निन्दा गरेको छ । मन्चले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधान मन्त्रीलाई  ज्ञापनपत्र पठाउँदै भारत र बंगलादेशमा भईरहेको अत्याचारलाई रोक्न कुटनितिक रुपमा पहल गर्न माग गरेको गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरेको छ।

ज्ञापनपत्रमा भनिएको छ – "त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।"

सो ज्ञापन पत्र बुझाउन धार्मिक सामाजिक एकता मन्च नेपालका हिन्दु समुदायको तर्फका संयोजक दिपक लोध राजपुत र मुस्लिम समुदायको तर्फबाट संयोजक मेराज अहमद हिमालय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार