मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

“शहिद घोषणा मात्रै पर्याप्त छैन” ः हत्यारालाई कारबाही र परिवारलाई न्याय देऊ

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

बाँके । जेन–जी आन्दोलनका क्रममा भाद्र २३ गते राजधानी काठमाडौंमा प्रहरीको गोली लागी शहिद बनेका आयुष थापा मगरका बुबा सुशिल थापा मगरले छोराको मृत्युको न्याय अझै नपाएको बताउनु भएको छ ।

रेडियो नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले हामीसँग कुनै कुरा गरेको छैन । छोरालाई शहिद घोषणा गर्नु सकारात्मक कदम हो, तर यतिले मात्र पुग्दैन । हत्याराहरुलाई कारबाही हुनुपर्छ र परिवारलाई रोजगारीको व्यवस्था गरिनु पर्छ ।”

थापा मगरले नेपालगञ्जबाट शहिद परिवारको अवस्थाबारे बुझ्न काठमाडौं जाने तयारी भईरहेको बताउनुभयो । उहाँका अनुसार, “५२÷५५ दिन भयो, काठमाडौमा रहेका शहिद परिवारले के गर्दै आएका छन् भनेर बुझ्न जाँदैछु । म जस्तै पीडित परिवारहरूसँग भेटेर छलफल गर्नेछौं र त्यसपछि कुन मन्त्रालय जाने भन्ने निर्णय गर्नेछौं,” उहाँको भनाइ छ । 

उर्जा मन्त्रालयबाट फोन आएको भए पनि छोराको वियोगमा भएको कारण त्यतिबेला कुरा गर्न नसकिएको उहाँले सम्झनुभयो । “छोराको बलिदान खेर जानु हुँदैन, देशमा सकारात्मक परिवर्तन होस् भन्ने हाम्रो चाहना हो,” थापा मगरले भावुक हुँदै भन्नुभयो ।

आयुषकी आमा पुनम थापा मगर अझै पनि छोराको फोटो हेर्ने साहस गर्न सक्दिनन् । “आयुष विदेश पढ्न जाने तयारीमा थियो, भदौ ३ गते मात्रै काठमाडौं गएको थियो । तर २० दिनमै उसको शव आयो,” उहाँले भनिन् । उनको स्वर काँप्छ, तर शब्द दृढ छन्, “अब चाहन्छौं, छोराको बलिदान खेर नजाओस्, देशमा सकारात्मक परिवर्तन होस् र हत्यारालाई कारबाही होस् ।”

आयुष थापा मगरको परिवार अहिले न्यायका खोजीमा छन् । सुशिल थापा मगरले उल्लेख गर्नु भएको जस्तै,“छोराको बलिदान व्यर्थ नजाओस् भन्ने हाम्रो चाहना हो ।” तर, राज्यले न्यायको दिशामा कति कदम चाल्छ, त्यो अझै अनिश्चित छ । आयुषको फोटोसँगै राखिएको दीप अहिले पनि बलिरहेको छ ,सायद न्यायका लागि जलिरहेको प्रतीक हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार