मुख्य समाचार
सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो | बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? | गणेश नेपाली आत्मदाह प्रकरण : शव बुझ्न आफन्तले गरे इन्कार | गणेश नेपाली आत्मदाह प्रकरण : ३ नगर प्रहरी नियन्त्रणमा | आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु | जनकपुरबाट काठमाडौं पैदल मार्चमा निस्किए मिटरब्याज पीडित | टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ | चालु आर्थिक वर्षको बजेट खर्च ७८ प्रतिशत मात्र, पुँजीगत ४० प्रतिशतमा सिमित | मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त | देशभरका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन |
मुख्य समाचार
सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो | बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? | गणेश नेपाली आत्मदाह प्रकरण : शव बुझ्न आफन्तले गरे इन्कार | गणेश नेपाली आत्मदाह प्रकरण : ३ नगर प्रहरी नियन्त्रणमा | आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु | जनकपुरबाट काठमाडौं पैदल मार्चमा निस्किए मिटरब्याज पीडित | टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ | चालु आर्थिक वर्षको बजेट खर्च ७८ प्रतिशत मात्र, पुँजीगत ४० प्रतिशतमा सिमित | मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त | देशभरका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन |


दुर्गा मुर्तिको बिसर्जनका क्रममा किभा फाउन्डेसनले गर्यो प्रसाद बितरण

यूथ टुडे समाचारदाता 3478+ समाचार ( )
८ कार्तिक २०८०, बुधवार

बाँके । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन ।

किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो । । बडा दशैंको घटस्थापनाको दशौँ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ ।

‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालुआर्थिक वर्षको साउन देखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्र भन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरेको संस्थापक अध्यक्ष संगिता पाठक (सन्ध्या शर्मा)ले जानकारी दिईन ।

उनले भनिन्, ‘संस्थाको उद्देश्य बारे धेरै विषयवस्तु फाउन्डेसनको नाराबाटै थाहा पाईन्छ । यस संस्थाले मुख्य रुपमा महिला र उनीहरुको जिवनस्तर उकास्न विभिन्न गतिविधिहरु अभियानका रुपमा चाल्ने लक्ष्य लिएको छ ।’

यस्तै, महासचिव अजय पाठकले बजार क्षेत्र भन्दा बाहिर कार्यक्रम आयोजना गरेर अझै प्रभावकारी भएको बताएका छन । उनले किभा परिवारले सोचेको भन्दा धेरै प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न भएको जिकिर गरे । उनका अनुसार ४ हजार बढी व्यक्तीहरुले प्रसाद ग्रहण गरेका थिए ।

उनले भने, ‘बजार भित्र बिभिन्न संघ संस्था र व्यक्तिहरुले भण्डारा लगायतका कार्यक्रम आयोजना गरिरहेकै हुन्छन तर गाँउघर तिर कमै भएका हुन्छन । भण्डाराको बहानामा गरिब घरपरिवारका लागि एक छाक टार्नसमेत सहयोग पुग्ने उद्देश्यले बजार क्षेत्र बाहिर यो कार्यक्रम आयोजना गरिएको हो । धार्मिक संगै सामाजिक उत्तरदायीत्व समेत पूरा हुन्छ ।’

यस्तै, किभा फाउन्डेसनका कोषाध्यक्ष रामदिन मोदीले अहिले संस्थाको सुरुवात भएपनि आगामी दिनहरुमा किभा फाउन्डेसन मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गरी रह्ने र साथै महिलाहरुको हक हित र सशक्तीकरणका लागि अभियानका रुपमा अगाडि बढ्ने बताए ।

यस कार्यक्रममा नाईल खबर डट कम, मेरो होस्टिङ्ग, लिओ कलब अफ काठमाडौँ गुलमोहर, लिमरा खबर र ई श्रद्धा न्यूजको सहकार्य रहेको थियो ।

महासचिव पाठकले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

उक्त फाउन्डेसनको सञ्चालक समितिको अध्यक्षमा नाईल खबरकर्मी संगिता पाठक (सन्ध्या), उपाध्यक्षमा ई-श्रद्धा न्यूजका सञ्चालक शिवम गुप्ता, कोषाध्यक्षमा श्री एस ईन्टरनेसनल प्रा.लि.का सञ्चालक रामदिन मोदी, महासचिवमा नाईल खबरका सञ्चालक अजय पाठक र सदस्यमा वर्मा एण्ड एसोसिएट्सका राजकुमार लोध रहेका छन ।

फाउन्डेसनले असोज १५ गते देखि आजिवन सदस्य र साधारण सदस्यका लागि फारम खुला गरेको छ । देशको जुनसुकै स्थानबाट नेपाली नागरिकले सदस्याता लिनपाउने सदस्यता संयोजक मन्सुर इद्रिशीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट सदस्यता लिनेहरुको क्रम जारी छ ।

किभा फाउन्डेसनले सामाजिक उक्तरदायीत्वलाई मध्यनजर गर्दै माहिलाहरुको लागि विशेष काम गर्ने, आर्थिक रुपमा कम्जोर वा असाहाय परिवारका बालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अतिविपन्न परिवारका बालिकाहरुको सामाजिक, रितीरिवाज तथा धार्मिक परम्परा अनुसार सामुहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार