मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नरैनापुर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
३१ असार २०७९, शुक्रबार

बाँके । नरैनापुर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

नरैनापुर गाउँपालिकाका प्रमुख इश्तियाक अहमद शाहले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरेका हुन् ।

उनले बालबालिकाको मौलिक अधिकार भएकाले सबै पालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने धारणा व्यक्त गरे।

‘खोप सुरक्षित जीवनको आधार हो। बालमृत्युदर घटाउन यसको महत्व ज्यादा छ’, उनले भने, ‘खोप लगाए÷नलगाएकोबारे सबैले ख्याल गरौँ र नलगाएको भेटिए लगाउन प्रेरित गरौँ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय बाँके प्रमुख धिरजंग शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका अध्यक्ष शाहले खोपको दायराभन्दा बाहिर रहेका बालबालिकाको खोजी गर्न आग्रह गरे ।

‘हामीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै गर्दा कति खोप नै नलगाएको बालबालिका भेटिए भने राम्रो सन्देश जाँदैन। कोही पनि खोप लगाउनबाट छुट्नु भएन । यसमा सबैले ध्यान दियाैँ’, उनले भने, ‘खोपले रोग लाग्नुभन्दा लाग्नै नदिने काम गर्ने भएकाले खोप अभियानलाई अझ व्यापक बनाउन जरुरी छ।’

नरैनापुर गाउँपालिकाभित्र चालु वर्ष जन्मेदेखि १५ महिनाका १ हजार ४५ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका १ हजार २४ जना बालबालिकाले नियमित खोप लगाएका छन्। वार्षिक लक्ष्यअनुसार ९० प्रतिशत बालबालिकाले खोप लगाएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।

एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने गरेका छन् ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष प्रेम कुमार मौर्य, स्वास्थ्य चौकीका प्रमुख लगायतको सहभागी थिए ।

नरैनापुरको ६ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार